आइसीसी यू–१९ विश्वकप क्रिकेटः मलेसियाद्वारा नेपाल सामु ५९ रनको लक्ष्य प्रस्तुत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आइसीसी यू–१९ विश्वकप क्रिकेटः मलेसियाद्वारा नेपाल सामु ५९ रनको लक्ष्य प्रस्तुत


३ श्रावण २०७४, मंगलबार


काठमाडौं । सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको दोस्रो खेलमा मलेसियाले नेपाललाई जितका लागि ५९ रनको लक्ष्य दिएको छ ।

सिंगापुर क्रिकेट क्लब, पादाङमा टस जितेको नेपालले फिल्डिङ रोज्यो । व्याटिङमा आएको मलेसियाको सुुरुवात खराब रहृयो । पहिलो ओभरको पाँचौं बलमा नै किशोर महतोले पहिलो विकेट लिँदा मलेसियाले खाता समेत खोल्न सकेको थिएन ।

नेपाली बलर हावी भएपछि मलेसियाका कुनैपनि ब्याट्सम्यानले १० रनको आँकडा पुरा गर्न सकेनन् ।

मलेसियाका भिरणदिप सिंह र हैकल खैरले समान ९-९ ,सैफुल्हा मल्लिकले ८ तथा अमर हजालनले ७ रन बनाए । मलेसियालाई सस्तैमा समेट्न कप्तान सन्दिप लामिछानेले ५ तथा पवन सर्फारले ३ विकेट लिए । मलेसियाले दिएको ५९ रनको सामान्य लक्ष्यसहित नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस