नेपाल उज्वेकिस्तानसँग पराजित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल उज्वेकिस्तानसँग पराजित


३ श्रावण २०७४, मंगलबार


काठमाडौँ । एएफसी तेइस वर्षमुनि यु २३ च्याम्पियनसिपको छनोट चरणअन्तर्गत समूह ‘डी’को दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

संयुक्त अरब इमिरेटस युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा सोमबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग दुई शून्यको हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल आयोजक युएईसँग पाँच शूय गोलअन्तरको पराजित भएको थियो ।

उज्वेकिस्तानको जितमा तुर्सुनोभ दोस्तोन्बेकले हेडरमार्फत खेलको २१ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । उनले सिदिखोभ जाबोखिरको क्रसमा गोल गरेका थिए । त्यस्तै खेलको ८०औँ मिनेटमा उज्वेकिस्तानका अर्का खेलाडी गानिएभ अजिजोनले थप एक गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । नेपालले केही राम्रो आक्रमण गरे पनि त्यसको सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो । रासस

प्रतिक्रिया दिनुहोस