मतपत्र च्यातिएको प्रकरण : प्रमुख पदका उम्मेदवारले गरे छिटो समाधान दिन आग्रह « प्रशासन
Logo २४ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मतपत्र च्यातिएको प्रकरण : प्रमुख पदका उम्मेदवारले गरे छिटो समाधान दिन आग्रह


२ श्रावण २०७४, सोमबार


चितवन । भरतपुर महानगरपालिका– १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएको आज ५० दिन पुग्दासमेत कुनै समाधान नआएको जनाउँदै प्रमुख पदका उम्मेदवारले छिटो निकास दिन माग गरेका छन् ।

दोस्रो चरणको निर्वाचनबाट विजयी जनप्रतिनिधिले गाउँ र नगरसभामार्फत भावी कार्यक्रम सार्वजनिक गरिसक्दा समेत भरतपुर महानगर अन्योलमा छ । भरतपुर महानगरको मतगणनाका क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछिको विवाद अहिले सर्वोच्च अदालतनमा पुगेको छ । उक्त मुद्दाका कारण यहाँ जितेर बसेका जनप्रतिनिधिले समेत काम गर्न पाएका छैनन् ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त समूहबाट महानगरपालिका प्रमुखका उम्मेदवार रेणु दाहाल चाँडै निर्णय आए मतदातालाई समेत सहज हुने बताउछिन् । “एकदम लामो समय भयो, छिटो टुंग्याउन पाए हुन्थ्यो, दाहालले भनिन्, काम रोकिएको जस्तो महसुस भइरहेको छ ।”

नेकपा एमालेबाट महानगर प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले पनि निर्णय आउन ढिलाइ भएको जनाउँदै चाँडै निर्णय आए राम्रो हुने प्रतिक्रिया दिए । “विधि, परम्परा र अन्तर्राष्ट्रिय अनुभवका आधार सर्वोच्चले हेर्ला”, ज्ञवालीले संक्षिप्त प्रतिक्रिया दिए ।

अहिले दुवै उम्मेदवार अदालतमा निर्णयको ‘पर्ख र हेर’ को अवस्थामा छन् । निर्वाचन आयोगले पुनः मतदान गर्न दिएको आदेश विरुद्ध भरतपुर–१९ मा एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सो मुद्दामा अदालतले हाललाई जे जस्तो अवस्थामा छ सो अवस्थाबाट अगाडि नबढाउनू भनी आदेश दिएपछि प्रक्रिया रोकिएको छ ।

त्यसपछि पटक पटक पेशी तोक्दै आएको अदालतले आजका लागिसमेत पेशी राखिएकामा फेरि सरेको बताएको छ । आज हुने भनिएको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकिएको छ । मुद्दा हाल्ने स्वयं विकसमेत जे निर्णय आए पनि छिटो निर्णय गर्न आग्रह गर्छन् ।

जेठ १४ पछिको अवस्था

जेठ १४ को मध्यरात पौने १२ बजे भरतपुर–१९ को मतगणना हुँदै थियो । दुई हजार ८९७ मत खसेको मध्ये एक हजार ८०९ मत गनेर सकिएको थियो । यसमा ज्ञवालीले ४१ हजार ६४१ तथा दाहालले ४० हजार ९०८ मत ल्याएका थिए । उनीहरुको मतान्तर ७३३ थियो । उक्त वडामा एक हजार ८०९ मत गन्दा दाहालले ५१ मत बढी ल्याएकी थिइन् । अब करिब एक हजार र केही मत गन्न बाँकी थियो । अनि भरतपुर २० को तीन हजार ३०२ मत गन्न बाँकी नै थियो ।

रातभर गनेर भोलिपल्ट बिहान गणतन्त्र दिवसमा घोषणा गरिने तयारी थियो । एकाएक राति पौने १२ बजे मतपत्र च्यातिएपछि मतगणना रोकियो जसमा ९० मत च्यातिएको पाइएको थियो । एमालेले माओवादी कार्यकर्ताले च्यातेको आरोप लगाएको छ भने माओवादी केन्द्रले एमालेले कब्जा गर्न लागेका बेला मतपत्रको सुरक्षा गर्ने क्रममा च्यातिएको जिकिर गर्दै आएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस