यू १९ विश्वकप छनोटः सिंगापुर ७३ रनमा सेटियो, सन्दिपले लिए ५ विकेट « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

यू १९ विश्वकप छनोटः सिंगापुर ७३ रनमा सेटियो, सन्दिपले लिए ५ विकेट


२ श्रावण २०७४, सोमबार


काठमाडौं । यू–१९ विश्वकप छनोट क्रिकेटमा सिंगापुरले नेपालसामू ७४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

सिंगापुरको पादाङमा भइरहेको खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। किशोरी महतोले पहिलो विकेट लिएर नेपाललाई पहिलो सफलता दिलाए । जसले गर्दा प्रारम्भिक चरणमै सिंगापुरका ब्याट्सम्यान निकै दबावमा परे ।

नेपालका कप्तान सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले दुई मेडन बनाउदै जम्मा मात्र २१ रन दिएका थिए।

त्यसैगरी, खेलमा नेपालका शाहब आलमले २ र महतोले २ विकेट लिए।

सिंगापुरसँगको खेलमा नेपालका बलरहरु लगातार विकेट लिन सफल भएका थिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस