२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेपाङ गाँउमा घुम्ती बैंक स्थापना गर्ने नगरपालिकाको योजना

अ+ अ-

चितवन । चेपाङ गाउँमा घुम्ती बैंक स्थापना गरेर वृद्धभत्ता वितरण गर्ने योजना पूर्वी चितवनको कालिका नगरपालिकाले अघि सारेको छ ।

आगामी वर्षका लागि ३७ करोड ५८ लाख ५० हजारको बजेट प्रस्तुत गरेको नगरपालिकाले चेपाङ गाउँमा घुम्ती बैंक प्रणालीबाट सहज रुपमा सो रकम उपलब्ध गराउने योजना ल्याएको नगरप्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए ।

ज्येष्ठ नागरिक, असहाय, वृद्धलाई दिइने भत्ता वितरण जुटपानी र पदमपुर क्षेत्रलगायत बैंकको पहुँच भएको ठाउँमा बैंकबाटै रकम उपलब्ध गराइने तर शक्तिखोर तथा सिद्धिमा बैंकको पहुँच नभएको चेपाङ गाउँमा भने घुम्ती बैंक सञ्चालन गरिने उनको भनाइ छ ।

यस नगरभित्र कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिई कार्य थालनी गरिने नगरपालिकाले जनाएको छ । आधुनिक कृषि प्रणालीमार्फत खेती गर्न किसानलाई प्रेरित गर्ने खालका कार्यक्रम ल्याइने श्रेष्ठले जानकारी दिए ।

चितवनको जुटपानी, शक्तिखोर, सिद्धि र पदमपुर गाविस मिलाई कालिका नगरपालिका स्थापना भएको हो । नगरपालिकाले आगामी वर्ष आम्दानीतर्फ वित्तीय हस्तान्तरणबाट ३४ करोड ८८ लाख ५० हजार र आन्तरिकतर्फ एकीकृत सम्पत्ति कर तथा अन्य कर दस्तुरबाट आम्दानी हुने अनुमानसहित बजेट प्रस्तुत गरेको छ ।

पर्यटकीय सम्भावना बोकेको चित्राम झरना, सिन्थी झरना, पोखरी र खोलालाई व्यवस्थित गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने नगरपालिकाको योजना छ । युवा, वृद्ध, महिला, बालबालिका तथा सबै जात जातिलाई समेट्दै बहुजातीय सङ्ग्रहालय बनाइने कार्यक्रममा उल्लेख छ ।

बढ्दै गएको जग्गा प्लटिङ्गलाई तत्काल रोक लगाई मापदण्ड तयार गरी लागू भएपछि मात्र जग्गा प्लटिङ्ग गर्न पाइने व्यवस्था गरिएको नगरप्रमुख श्रेष्ठले बताए । यसै नगरपालिकाको शक्तिखोर क्षेत्रमा बन्न लागेको औद्योगिक क्षेत्रको व्यवस्थापन र निर्माणमा समन्वयका लागि नगरपालिका लागिपरेको जनाइएको छ । टाँडी–जुटपानी हुँदै शक्तिखोरबाट हुग्दी सडक निर्माणलाई नगरपालिकाले प्राथमिकतामा राखेको नगर उपप्रमुख कमला भट्टराईले बताइन् । रासस

0 Comments