नक्कली डिआइजी पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नक्कली डिआइजी पक्राउ


२ श्रावण २०७४, सोमबार


चरिकोट । आफूलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमुद ढुङ्गेललाई फोन गर्ने एकजना व्यक्तिलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

नक्कली प्रहरी नायब महानिरीक्षक बनेर ढुङ्गेललाई फोन गर्ने रामेछापको खाँडादेवी गाउँपालिका–२ का ५२ वर्षीय मानबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो । उनले सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई छाड्न प्रहरी नायब उपरीक्षक ढुङ्गेललाई फोन गर्दैआएका थिए ।

उमाकुण्ड गाउँपालिका–२ का दावा सोनाम शेर्पालाई सार्वजनिक अपराध मुद्दाअन्तर्गत गत असार ४ गते प्रहरीले पक्राउ गरेको थियो । शेर्पालाई छाड्न केसीले प्रहरी प्रमुख ढुङ्गेललाई लगातार फोन गरेर दबाब दिँदैआएका थिए ।

“म प्रहरी नायब महानिरीक्षक सुदीप आचार्य हुँ भन्दै लगातार फोन गर्न थाले,” ढुङ्गेलले भने । अनुसन्धानका क्रममा केसी नक्कली डिआइजी बनेर फोन गर्ने गरेको भेट्टिएपछि केसीलाई पक्राउ गरिएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस