दोस्रो चरणको निर्वाचनले मन्त्रिमण्डल विस्तारमा ढिलाइः नेता निधि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दोस्रो चरणको निर्वाचनले मन्त्रिमण्डल विस्तारमा ढिलाइः नेता निधि


१ श्रावण २०७४, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताएका छन् ।

काठमाडौँको सतुङ्गलमा रहेको बागेश्वरी अस्पतालको दशौँ वार्षिकोत्सवको उद्घाटन गर्दै नेता निधिले दोस्रो चरणको निर्वाचनले मन्त्रिमण्डल विस्तारमा ढिलाइ भए पनि अब एक÷दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताए ।

नेता निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैंककबाट फर्किएलगत्तै मन्त्रिमण्डल विस्तार हुने उल्लेख गरे ।

पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने भन्दै एक वर्ष संसद्को म्याद थप्ने हल्ला निराधार भएको बताए । निर्वाचन क्षेत्र निर्धारण आयोग चाँडो गठन गर्ने र सोही आयोगले दिएको प्रतिवेदनका आधारमा मङ्सिर मसान्तभित्र प्रदेश र सङ्घीय संसद्को निर्वाचन हुने उनको भनाइ थियो ।

नागार्जुन नगरपालिकाका प्रमुख घनश्याम गिरीले जनतालाई स्वास्थ्य सेवा दिएर बागेश्वरी अस्पतालले समाज सेवामा ठूलो योगदान पुर्याएको बताए । उनले अस्पताललाई आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उल्लेख गरे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस