राजस्व विभागका निलम्बित महानिर्देशक शर्मासहित महत र ढकालविरुद्ध मुद्दा दायर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राजस्व विभागका निलम्बित महानिर्देशक शर्मासहित महत र ढकालविरुद्ध मुद्दा दायर


१ श्रावण २०७४, आइतबार


काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध १० अर्बभन्दा बढी भ्रष्टाचार गरेको अभियोगसहित आइतबार विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शर्मासँगै कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख ८२४ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको हो ।

अख्तियारले विस्तृत छानबिन थाले देखि नै आयोगका अध्यक्ष महत र सदस्य ढकाल फरार छन् भने सदस्यसचिवसमेत रहेका चूडामणि शर्मालाई अख्तियारले गत जेठ १९ मा नियन्त्रणमा लिएको थियो । आयोगको इतिहासमै यो सबैभन्दा ठूलो भ्रष्टाचारसम्बन्धी विषय हो ।

प्रतिक्रिया दिनुहोस