अभिनयमा फेरि फर्कँदै सन्जिब « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अभिनयमा फेरि फर्कँदै सन्जिब


१ श्रावण २०७४, आइतबार


काठमाडौं । एकताका एकपछि अर्को म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा आएका सन्जिब पुरी एकाएक बीचमै हराए । रहर र नामका लागि कलाकारितामा लागेका उनी २० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेपछि व्यक्तिगत कारणले केही समय ओझेल परे ।

कलाकार बन्न अभिनय र लगनशीलता चाहिने राम्ररी बुझेका सन्जिब अहिले जो पनि कलाकार बनेको देख्दा भने सन्तुष्ट छैनन् । यो क्षत्र रहरको मात्र नभै समर्पण र अभिनय क्षमताको पनि भएको बताउन रुचाउँछन् ।

जिन्दगी जता डोर्यायो त्यतै डोरिने देखेका उनी यही क्षेत्रमा लागेर नाम र दाम कमाउन चाहन्छन् । तर सस्तो लोकप्रियताका लागि जे पनि गर्न नहुने उनको मत छ । प्रेमलाई दुई आत्मका मिलन र मायाको गहिराइमा सेक्क हुने बताउन चाहने उनी पुनः यो क्षेत्रमा फर्किएका हुन् ।

उनी केही दिनमै सार्वजनिक हुन लागेको यमन माझीको गीतमा मोडेल पुजा भण्डारीसँग रोमान्स गर्दैछन् । उक्त भिडियो कतारमा छायांकन गरिन लागेको हो ।

यसअघि सन्जिवले राजेशपायल राई, दिपक लिम्बु, योजना पुरी, सेलिना कुँवर, प्रताप लामालगायतका गीतमा सम्पदा बानिया, नम्रता सापकोटासँग अनस्क्रिन रोमान्स गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस