गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


३१ असार २०७४, शनिबार


कसैको छ भन्थेँ म यो जिन्दगानी
कसैले नबुझ्ने भयो जिन्दगानी

नठान्नुू छ खाली पिए हुन्छ मस्ती
रसीलो भरीलो छ यो जिन्दगानी

लुकेको छ प्राणै तिमी भित्र मेरो
रहेको त्यसै हो र ? यो जिन्दगानी

बिना प्रेम साथी कहाँ चल्छ एक्लै
न त्यो जिन्दगानी न यो जिन्दगानी

भिजेको सलेदो थियो तेल पूरा
दियो नै नबाली गयो जिन्दगानी

Tags :
प्रतिक्रिया दिनुहोस