गजल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गजल


३१ असार २०७४, शनिबार


तिमी संग अनायासमै, रिसाउनु नै घात हो कि ?
मनको भारी तिम्रो सामु, बिसाउनु नै घात हो कि ?

आफ्नो सम्झि मुटु दिएँ, एक्लो ठानी प्रदेश हुँदा,
तिम्रा मेरा आँसुहरु, मिसाउनु नै घात हो कि ?

भित्र भित्रै जलन हुदा, मनको आगो सल्केपछि ।
तिम्रो माया फ्रिज बनाई, चिसाउनु नै घात हो कि ?

तन मिली मन मिली, भावनाहरु साँटि बसें ।
कहिले काहीँ आफ्नै ठानी, जिस्काउनु नै घात हो कि ?

प्रतिक्रिया दिनुहोस