साढे ७० लाख मूल्य बराबरको सुनसहित भारतीय नागरीक पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

साढे ७० लाख मूल्य बराबरको सुनसहित भारतीय नागरीक पक्राउ


३० असार २०७४, शुक्रबार


सुन

काठमाडौं । भन्सार छलेर ल्याइएको अवैध सुनसहित एक भारतीय नागरीकलाई नेपाल प्रहरीले शुक्रबार हेटौंडाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जटियाही पोष्ट जकीयारी बस्ने ३५ वर्षीय सुमन कुमार रहेका छन् ।

उनलाई प्रहरीले ७० लाख ५९ हजार मूल्य बराबरको एक केजी ५ सय १६ ग्राम अवैध सुनसहित पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई सुनसहित राजश्व अनुसन्धान बिभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय बारा पथलैयामा  बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस