२३ वर्ष पछि हत्याका अभियुक्त पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२३ वर्ष पछि हत्याका अभियुक्त पक्राउ


३० असार २०७४, शुक्रबार


काठमाडौंं । २३ बर्ष अघि हत्या गरी फरार रहेका २ जनालाई प्रहरी शुक्रबार काठमाडौंको बालाजुबाट पक्राउ गर्न सफल भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले हत्या अभियोगका फरार अभियुक्त सर्वश्व सहित जन्मकैद सजाय भएका सप्तरी साविक पकरी गाबिस–६ हाल महादेवा गाउँपालिका–१ घर भई काठमाडौं धुम्बाराही डेरा गरी बस्ने ४६ वर्षीय सचिन्द्र यादव र सोही ठाउँका ३५ वर्षीय कारी यादवलाई पक्राउ गरेको हो । उनीहरुलाई २०५१ फागुन २० गते राति पकरी चोक सप्तरीमा रामलिला हेरी घरतर्फ फर्कदै गरेका स्थानीय जोगेन्द्र मण्डललाई वादबिबादको क्रममा कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग छ  ।

कर्तब्यज्यान मुद्दाका अभियुक्तलाई सर्वोच्च अदालतको २०६२ चैत ७ गतेको फैसलाले दुवैजनालाई सर्वश्व सहित जन्मकैदको सजाय हुने ठहर गरेको थियो ।

फैसला कार्यान्वयनको लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेश बमोजिम कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस