हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैद « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैद


३० असार २०७४, शुक्रबार


ताप्लेजुङ । जिल्ला अदालत ताप्लेजुङले वन रक्षक गणेश शाहीको हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलाशले शाहीको हत्याका अभियुक्त लेमिक्वाखोला गाउँपालिकाका सवीन भनिने टेकबहादुर लिम्बूलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो ।

हत्यामा संलग्न नागथाने भनिने दावा शेर्पालाई आठ महिना कैद तथा प्रमाण नष्ट गर्न भूमिका खेलेका देउकला लिम्बू, रामबहादुर लिम्बू र रिया भन्ने सोनिसा लिम्बूलाई जनही २० जरिवानाको सजाय तोकिएको छ ।

गत पुस १७ गते इलाका वन कार्यालय, खोक्लिङमा कार्यरत वन रक्षक शाहीको हत्या भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस