पाँचसय परिवारको घरखर्च निगुरोको भरमा « प्रशासन
Logo ८ श्रावण २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पाँचसय परिवारको घरखर्च निगुरोको भरमा


२९ असार २०७४, बिहिबार


मोरङ । मोरङ भाउन्नेका १० वर्षका दिवस पुरीलाई पनि शनिबार कहिले आउलाजस्तो लाग्छ । शनिबार उनी आमासँग निगुरो खोज्न जान्छन् र चारवटा शनिबार जम्मा गरेको पैसाले बोर्डिङको शुल्क तिर्छन् ।

पुरी मात्रै हैन उमेरले डाँडो काटेकाहरु पनि निगुरो टिपेर खाद्यान्न जोहो गर्दै आएका छन् । ६८ वर्षीया फुलमाया धिमाल विगत चार दशकदेखि निगुरोबाट नै जीवन धानिरहेकी छिन् । महेन्द्र राजमार्गको मोरङ खण्डमा पर्ने कानेपोखरीदेखि बेतना सिमसार आसपासको जङ्गलमा पाइने जङ्गली साग निगुरोले उनीहरुको दैनिक घरखर्च र नौ महिनाका लागि खाद्यान्नको जोहो निगुरोकै कारणले हुने भएकाले १० वर्षीय पुरी एकाबिहानै निगुरो खोज्न जङ्गलतिर हानिएका हुन् ।

पहिले पहिले निगुरो खोजेर गाउँगाउँमा डुलेर बेच्थीन् उनी । तर अहिले जति निगुरो टिपे पनि ठेकेदारले किनेर लान्छन्, उत्साही हुँदै जीउ, अनुहार चाउरी परिसकेकी फुलमायाले भनिन् ।

त्यस्तै, मोरङ भाउन्नेका ७० वर्षीय मङ्गलसिंह तामाङ र उनकी जीवन सङ्गीनी सोममायाको दिनचर्या अचेल निगुरो टिप्नमा नै बित्ने गरेको छ । महेन्द्र राजमार्गको भाउन्ने–लक्ष्मीमार्ग सडकखण्डमा सङ्कलन भएको निगुरो विराटनगर, धरान र विर्तामोडसम्म पुग्ने गरेको छ । ठेकदार कुमार राना भन्छन्, “मागअनुसार आपूर्ति गर्न सकेका छैनौँ । अघिल्ला वर्ष काठमाडौँ, पोखरासमेत जाने निगुरो हाल कम सङ्कलन भएकै कारण उता पठाउन सकेका छैनौँ ।”

यहाँ सङ्कलन भएको यतै खपत हुने रानाको भनाइ छ । महेन्द्र राजमार्गको मोरङ खण्डमा पर्ने कानेपोखरीदेखि बेतना सिमसार आसपासको जङ्गलमा पाइने जङ्गली साग निगुरोले झण्डै ४५० परिवारको दैनिक घरखर्च मात्र चलेको छैन, आठ/नौ महिनाका लागि खाद्यान्नको जोहो पनि निगुरोको कै आम्दानीले गरिदिएको छ ।

सो क्षेत्रबाट दैनिक ८० हजारको निगुरोको व्यापार हुने गरेको थोक बिक्रेता बताउँछन् । सामान्यतया महिला र पाकाले दैनिक १०० मुट्ठा र बालबालिकाले ५० मुट्ठा निगुरो खोज्छन् र ठेकेदारलाई १०/१५ का दरले बिक्री गर्छन् । त्यही निगुरो ठेकेदारले मुट्ठा फुटाएर चार मुट्ठालाई पाँच मुट्ठा बनाउँछन् अनि प्रतिमुट्ठा २० का दरले बेच्छन् ।

श्रीमानले कान्छी ल्याएपछि जीवनबाट निराश हुनुभएकी डाँगीहाट–४ मोरङकी ४८ वर्षीय पद्मामाया गुरुङ निगुरोको सहारामा जीवन धानिरहेकी छिन् । पद्मामाया भनिन्छिन्, “दैनिक ५०/६० मुट्ठा निगुरो खोज्छु । १० देखि २० रुपैयाँ मुट्ठाले बिक्री हुन्छ । दालभातका लागि भौँतारिएर हिँड्नु परेको छैन ।” १४ वर्षीय छोरा देवराज गुरुङले आमा पद्मामायालाई भरपुर सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस