भट्टराईले प्रधामन्त्रीलाई ज्ञापन पत्र बुझाउदै गरे बूढीगण्डकी सम्झौता खारेजको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भट्टराईले प्रधामन्त्रीलाई ज्ञापन पत्र बुझाउदै गरे बूढीगण्डकी सम्झौता खारेजको माग


२८ असार २०७४, बुधबार


काठमाडौं । बुढीगण्डकी जलासययुक्त आयोजना बनाउन चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेजको माग गर्दै नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

सरकार र चिनियाँ कम्पनि गेजुवाबीच भएको समझदारी गैरकानूनी भएको दाबी गर्दै बिज्ञप्ति मार्फत समझदारी गर्ने तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा लगायतलाई कारबाही गर्न पनि माग गरेको छ ।

५० मेगावाटको आयोजना बनाउन नसक्ने गेजुवालाई १ हजार २ सय मेगावाटको जलासययुक्त आयोजना बनाउन दिन लागेको भन्दै उनले गेजुवाले यत्रो योजना सम्पन्न गर्न नसक्ने ठोकुवा समेत गरेका छन् ।

प्रधानमन्त्री देउवाले ज्ञापनपत्र बुझ्दै अघिल्लो सरकारले गरेको निर्णय खारेज गर्न नसकिने स्पष्ट पारेको जानकारी दिएको भट्टराईले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस