बाढीमा फसेकी गर्भवती महिलाको उद्धार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाढीमा फसेकी गर्भवती महिलाको उद्धार


२८ असार २०७४, बुधबार


राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी गाउँमा बाढीमा फसेकी एक गर्भवती महिलालाई उद्धार गरिएको छ ।
स्थानीय ३० वर्षीया ज्योतिदेवी मिश्रालाई उद्धार गरिएको हो । घरमा करिब दुई फिट पानी पसेर समस्यामा रहेकी मिश्रलाई स्थानीयवासीको सहयोगमा उद्धार गरिएको हो ।

स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

यसैबीच आर्थिक अवस्था कमजोर भएकी उनलाई स्थानीय व्यवसायी अङ्कितकुमार र शिवशङ्कर पौडेलले जनही पाँच हजारका दरले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस