लोकसेवा सम्बन्धि थप बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोकसेवा सम्बन्धि थप बस्तुगत र छोटा प्रश्नोत्तर


२८ असार २०७४, बुधबार


वस्तुगत प्रश्नोत्तर

१. अन्तर्राष्ट्रिय स्तरको आइसागो प्रमाणपत्र पाउने नेपालको वायुसेवा कुन हो ?
– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम
– निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमि सेवा) बापत सो प्रमाणपत्र प्राप्त गरेको ।
– LATA’s Safety Audit for Ground Operation ले विश्वका ग्राउन्ड ह्यान्डलिङ गर्ने उत्कृष्ट एयरलायन्सलाई सर्टिफाई गर्छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्ड सर्भिस प्रोभाइड’ गरेबापत अन्तर्राष्ट्रिय प्रमाणपत्र पाएको हो ।

२. ‘सोच्नु राम्रो हो, कुरा गर्नु त्यो भन्दा राम्रो हो, सबैभन्दा राम्रो काम गर्नु हो’ भन्ने विचारक को हुन् ?
– इलेनोर रुजबेल्ट

३. वि.सं. २०७४ असार २२ मा हेटौँडामा सम्पन्न नवौँ छायाछवि डी सिने अवार्ड समारोहमा सर्वोत्कृष्ट फिल्म कुन घोषित भयो ?
– छक्कापञ्जा
– सर्वाधिक २० विधाको मनोनयनमा परेको छक्कापञ्जाले सर्वोत्कृष्ट फिल्मका साथै हास्य कलाकार, खलपात्र, नृत्यनिर्देशक, सम्पादक, छायाकार र अभिनेतृ गरी ११ विधाको अवार्ड चुमेको ।
– अवार्डमा मनोनयनका १३ विधामा परेको गाजलुले ५, एघार विधामा परेको लुट–२ ले १, दस विधामा परेको जात्राले २, नौ विधामा परेको पुरानो डुङ्गाले १, छ विधामा परेको निर्भयले १ विधाको अवार्ड पाएका ।
– त्यस्तै छायाछवि पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार लक्ष्मण सुवेदी, इन्करेजमेन्ट अवार्डबाट मिलन चाम्स, पब्लिक च्वाइस अवार्डबाट कालिप्रसाद बाँस्कोटा एवम् लाइफटाइम लिजेन्ड्री अवार्डबाट वरिष्ठ सङ्गीतकार तथा गायक शम्भुजित बाँस्कोटा सम्मानित भएका ।

४. विश्वका २० शक्ति सम्पन्न एवम् धनी राष्ट्रको सङ्गठन जी–२० को सम्मेलन सन् २०१७ जुलाईमा कहाँ सम्पन्न भयो ?
– जर्मनीको ह्याम्बर्ग
– सम्मेलनमा विश्वमा जलवायु परिवर्तनको प्रभाव क मगर्ने सम्बन्धी सम्झौता, जुन पेरिस सम्झौताका नामले चिनिन्छ, लाई अमेरिकाद्वारा अनुमोदन गर्न स्वीकार । अन्य १९ देशका कार्यकारी एवम् राज्य प्रमुखद्वारा एकमतले अनुमोदन ।
– सम्मेलनमा जी–२० का नेताद्वारा विश्वको आर्थिक, सामाजिक, राजनीतिक र क्षेत्रीय लगायतका मामिलामा छलफल गरिएको ।
– हाल जर्मनी जी–२० को अध्यक्ष रहेको छ भने डिसेम्बर (२०१७) देखि अर्जेन्टिनाले सङ्गठनको अध्यक्षता ग्रहण गर्ने ।
– जी–२० को अर्को सम्मेलन सन् २०१८ मा अर्जेन्टिनामा आयोजना हुने ।

५. ‘छाउघर’ कृतिका लेखक राज सरगम हुन् भने ‘प्रतिनायक’ कृतिका लेखक को हुन् ?
– हरि अधिकारी
(यस वर्षको मदन पुरस्कारका लागि प्राप्त १९५ पुस्तकमध्येबाट मदन पुरस्कार गुठीले ९ वटा छनोट गरेको छ । छानिएका ९ पुस्तकमा पुरुषेत्तमलोचन श्रेष्ठको ‘गुहा, गुहालेन, गुहाचित्र एवम् अन्य सम्पदा’, राज सरगमको ‘छाउघर’, शरद पौडेलको ‘तपन’, जय छाङ्छाको ‘दोहाको सीधा उडान’, घनश्याम कँडेलको ‘धृतराष्ट्र’, हरि अधिकारीको ‘प्रतिनायक’, सीमा आभासको ‘म स्त्री अर्थात् आइमाई’, राजेन्द्र पराजुलीको ‘शुक्रराज शास्त्रीको चस्मा’ र नवराज पराजुलीको ‘सगरमाथाको गहिराइ’ रहेका छन् ।)

६. वि.सं. २०७४ असार २२ मा फिफाद्वारा सार्वजनिक नयाँ वरीयतामा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
– १७० औँ
(दक्षिण एसियामा नेपाल पाँचौँ स्थानमा रहेको । कन्फेडेरेसन कम जितेपछि जर्मनी पुनः शीर्ष स्थानमा पुगरेको छ भने ब्राजिल दोस्रो र अर्जेन्टिना तेस्रो स्थानमा रहेको ।)

७. लुनकरण दास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान कसलाई प्रदान गर्यो ?
– प्राध्यापक हरिकान्तलाल दास

८. २०७४ असारमा सम्पन्न नवौँ राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदको उपाधि कसले जित्यो ?
– मध्यमाञ्चल

९. सरकारले सन् २०१८ लाई कुन वर्षका रुपमा मनाउने भएको छ ?
– नेपाल भ्रमण वर्ष
नेपालमा अहिलेसम्म सञ्चालित र प्रस्तावित प्रवद्र्धनात्मक अभियान
सन् १९९८ : नेपाल म्रमण वर्ष
सन् २००२ र सन २००३ : गन्तव्य नेपाल अभियान
सन् २००७ पोखरा भ्रमण अभियान
सन् २०११ : नेपाल पर्यटन वर्ष
सन् २०१२ : लुम्बिनि भ्रमण वर्ष
सन् २०१६ र १७ (२०७३ साल) : घुमफिर वर्ष
सन् २०१८ : नेपाल भ्रमण वर्ष (प्रस्तावित)

१०. ध्वनिको तीव्रता कुन एकाइमा नापिन्छ ?
– डेसिबल

११. नेपालमा नयाँ मुलुकी ऐन कहिलेदेखि लागू भएको हो ?
– वि.सं. २०२० भदौं १

१२. सार्क क्षेत्रको सबैभन्दा ठूलो ताल कुन हो ?
– चिल्का ताल (भारत)

१३. नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार, २०७३ कसलाई प्रदान गरियो ?
– मिथिला नाट्यकला परिषद्, जनकपुरधाम
(नेपाल विद्यापति मैथिली भाष साहित्य पुरस्कार प्रा.डा. वीरेन्द्र पाण्डेय, नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार अवधेशकुमार पोखरेल जनकपुरिया, नेपाल विद्यापति मैथिली अनुवाद साहित्य पुरस्कार मुरलीधर मिजार तथा नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार नवीनकुमार मिश्रलाई प्रदान गरिएको ।)

१४. नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपालद्वारा आ.वं. २०७४/७५ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ?
– वि.सं. २०७४ असार २५
उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन, ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार, राजस्व सङ्कलनमा बढोत्तरी ल्याउने लगायतका कार्यक्रमसहित सार्वजनिक गरिएको मौद्रिक नीतिका प्रमुख प्रावधान निम्नानुसार छन्ः
– निजी क्षेत्रमा कर्जा सीमा २० प्रतिशत,
– रु. २० अर्बको पुनकर्जा कोष,
– गाउँपालिकामा २५ सय खाता बराबर रु. एक करोड निब्र्याजी सापटी,
– खाता नभएको बैङ्क तथा वित्तीय संस्थामा रक जम्म गर्न सकिने,
– वाणिज्य बैङ्कले २५, विकास बैङ्कले १५ र वित्त संस्थाले १० प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने,
– वाणिज्य बैङ्कमा संस्थागत निक्षेप ४५ प्रतिशत,
– डेढ करोडसम्म व्यक्तिगत आवास कर्जा,
– सवारीमा ६५ प्रतिशतसम्म कर्जा लगानी,
– दस लाखभन्दा कम कर्जाको निःशुल्क सूचना,
– जेष्ठ नागरिक तथा अपाङ्ग (फरक ढङ्गले सक्षम) नागरिकलाई विशेष काउन्टर,
– लघुवित्तको इजाजत आवेदन स्थगित,
– इलेक्ट्रोनिक कार्ड बराबरको फरछ्र्यौट नेपालमै,
– होटेलमा तीन सय डलरसम्म सटही सुविधा,
– भारत जाँदा ५० हजार बढी भारुको सटही कार्डमार्फत,
– विदेशबाट ५ लाख डलरसम्म ऋण लिन सकिने,
– विदेशी लगानीकर्तालाई १० करोडसम्मको लाभांश वाणिज्य बैङ्कबाट,
– औसत मुन्द्रास्फ्रीति दर ७.५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य,
– सङ्घीय संरचना अनुरुप वित्तीय क्षेत्र विस्तारमा जोड ।

१५. ‘प्रेममा जस्तो सुकै हिंस्रक स्वभाव भएकालाई पनि सुधार्ने तागत हुन्छ’ भन्ने विचारक को हुन् ?
– जिन ज्याक रुसो

१६. सिरियाली सरकार र विद्रोहीबीच युद्धविराम सम्झौता कहिले भएको हो ?
– सन् २०१७ जुलाई ९
– सिरियाली गृहयुद्ध अन्त्य गर्ने दिशातर्फ युद्धविराम सम्झौता महत्वपूर्ण कदम हुने ठानिएको ।
– युद्धविराम सम्झौता गराउने प्रक्रियामा अमेरिका, रुस र जोर्डन संलग्न रहेका ।
– सिरियामा सन् २०११ म भएको प्रदर्शनपछि गृहयुद्ध सुरु भए यता करिब ३ लाख मानिसले ज्यान गुमाएका छन् भने १ करोड १० लाख मानिस विस्थापित भएका ।
– रुसले सिरियाली राष्ट्रपति बसर अल असदलाई समर्थन गर्दै आएको छ भने अमेरिकाले सिरियाली विपक्षीलाई समर्थन गर्दै आएको ।

१७. नेपालमा हात्तीपोलो प्रतियोगित कहिलेदेखि सुरु भएको हो ?
– सन् १९८२

१८. नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो ?
– कतार
(सन् २००५ अप्रिल २१)

१९. नेपालमा कृषक परिचय पत्र वितरण गर्ने कार्य कुन जिल्लाबाट सुरु गरिएको हो ?
– बाग्लुङ

२०. गाईको बथानलाई के भनिन्छ ?
– गोकुल

२१. ‘०’ डिग्री देशान्तर रेखालाई प्रधान मध्याह्न रेखा भनिन्छ भने ‘०’ डिग्री आक्षांश रेखालाई के भनिन्छ ?
– भूमध्यरेखा

२२. विश्वमा सवैभन्दा बढी भाषा बोलिने देश कुन हो ?
– भारत

२३. विश्वमा सबैभन्दा बढी भाषिक विविधता भएको महादेश कुन हो ?
– अफ्रिका

२४. नेपालको पहिलो वैज्ञानिक भनी कसलाई चिनिन्छ ?
– गेहेन्द्र शमशेर
(यिनले आफ्ना सहयोगीका साथ बन्दुक, तोप, स्वचालित मोटर लगायतका वस्तु बनाएका थिए ।)

५. प्रथम विश्वयुद्धमा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले कुन पक्षलाई सहयोग गरेका थिए ?
– अङ्ग्रेज

२६. संयुक्त राष्ट्रसङ्घद्वारा कुन वर्षलाई अन्तर्राष्ट्रिय पुस्तक वर्षका रुपमा मनाइयो ?
– सन् १९७२

२७. नेपालमा जिल्लस्थित प्रशासनिक संरचनामा मौजा, प्रगन्ना र जिल्ला भन्ने तीन तह कुन कालमा थियो ?
– लिच्छवी काल

२८. SAPTA, BIMSTEC, TRIPS/SAFTA मध्ये विश्व व्यापार सङ्गठन (WTO) सँग कुन सम्बन्धित छ ?
– TRIPS

२९. सैपाल हिमाल र उराई भञ्ज्याङ कुन जिल्लामा रहेका छन् ?
– बझाङ

३०. नेपालमा मूल्य अभिवृद्धि कर (Arial) कहिलेदेखि लागू भएको हो ?
– वि.सं. २०५४ मङ्सिर १

विषयगत प्रश्नोत्तर

१. कर्मचारी सञ्चय कोष सञ्चालक समिति के–कसरी गठन हुने व्यवस्था छ ?

कर्मचारी सञ्चय कोष ऐन, २०१९ अनुसार कर्मचारी सञ्चय कोषमा कम्तीमा सात जना सञ्चालक भएको एउटा सञ्चालक समिति रहेने,
जसमा देहायका सञ्चालक रहने व्यवस्था छः

(क) नेपाल सरकारबाट नियुक्त व्यक्ति– अध्यक्ष
(ख) नेपाल सरकारका विभिन्न सेवाबाट नेपाल सरकारले मनोनीत गरेका तीन जना– सञ्चालक
(ग) बैङ्क, वित्तीय संस्था तथा अन्य सङ्गठित संस्थाबाट नेपाल सरकारले मनोनीत गरेका दुई जना– सञ्चालक
(घ) कर्मचारी सञ्चय कोषको प्रशासक– सञ्चालक

सञ्चालक समितिले तोकिदिएको सञ्चय कोषको अधिकृत कर्मचारीले समितिको सचिव भइ काम गर्ने, नेपाल सरकारले सञ्चालक मनोनीत गर्दा नेपाल सरकारको विभिन्न सेवा बैङ्क, वित्तीय संस्था एवम् विभिन्न सङ्गठित संस्थाबाट पालैसँग प्रतिनिधित्व हुनेगरी सञ्चालकको मनोनयन गर्नुपर्ने, प्रशासक बाहेक अन्य सञ्चालकको कार्यावधि तीन वर्षको हुने व्यवस्था छ ।

२. कार्यस्थलमा के–कस्ता कार्य गरे गराएमा यौनजन्य दुब्र्यवहार गरेको मानिने व्यवस्था छ ?

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ ऋनुसार कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी, कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा देहायका कुनै कार्य गरे गराएमा यौनजन्य दुव्र्यवहार गरेको मानिने व्यवस्था छः

– यौनजन्य आशयले शरीरको कुनै अङ्गमा छोएमा वा छुने प्रयास गरेमा,
– अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्य, दृश्य, अन्य सूचना प्रविधि, साधन, वस्तु वा सामाग्रीको प्रयोग वा प्रदर्शन गरेमा,
– लेखेर, बोलेर वा इसाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गरेमा,
– यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेमा,
– यौनजन्य आशयले जिस्क्याएमा वा हैरानी दिएमा,

३. केन्द्रीय कानुनी सहायता समितिको गठन तथा काम, कर्तव्य र अधिकारबारे लेख्नुहोस् ।

– कानुनी सहायता सम्बन्धी ऐन, २०५४ अनुसार केन्द्रीय कानुनी सहायता समितिको गठन तथा काम, कर्तव्य र अधिकार निम्नानुसार छः

केन्द्रीय कानुनी सहायता समितिको गठन

असमर्थ व्यक्तिलाई कानुनी सहायता उपलब्ध गराउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न देहायका सदस्य रहेको केन्द्रीय कानुनी सहायता समितिको गठन हुने व्यवस्था छः

(क) कानुन तथा न्याय मन्त्री– अध्यक्ष
(ख) अध्यक्ष, नेपाल काुनन व्यावसायी परिषद्– सदस्य
(ग) अध्यक्ष, नेपाल बार एसोसिएसन– सदस्य
(घ) केन्द्रीय कानुनी सहायता समितिबाट मनोनीत कानुनविद् एक जना– सदस्य
(ङ) नेपाल बार एसोसिएसनको सचिव– सदस्य–सचिव

केन्द्रीय कानुनी सहायता समितिको काम, कर्तव्य र अधिकार

– कानुनी सहायता सम्बन्धी नीति एवम् कार्यक्रम निर्धारण गर्ने,
– जिल्ला समितिको काम कारबाहीको रेखदेख र नियन्त्रण गर्ने तथा त्यस्ता समितिलाई आवश्यकता अनुसार निर्देशन दिने,
– कानुनी सहायता सम्बन्धी कार्यका लागि जिल्ला समितिलाई अनुदान दिने,
– कानुनी सहायता सम्बन्धी कामका लागि आवश्यक रकमको व्यवस्था गर्ने,
– सर्वोच्च अदालतमा असमर्थ व्यक्तिको तर्फबाट कानुनी सहायता प्रदान गर्न कानुन व्यवसायीको सूची तयार गर्ने,
– जनसाधारणलाई कानुन र कानुनी सहायता सम्बन्धमा जानकारी गराउन विभिन्न विषयका परचयात्मक पुस्तक, पुस्तिका, विवरण आदिको प्रकाशन तथा वितरण गर्ने र सो कामका लागि अनुसन्धान गर्ने, गराउने,
– कानुनी सहायता सम्बन्धी कामका लागि आवश्यकता अनुसार विभिन्न उपसमिति गठन गर्ने तथा त्यस्ता उपसमितिको काम, कर्तव्य र अधिकार तोक्ने,
– केन्द्रीय कानुनी सहायता समितिलाई आवश्यक पर्ने कर्मचारी नियुक्ति गर्ने,
– आफूलाई पाप्त भएको अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार ऐन बमोजिम गठित कुनै उपसमिति वा केन्द्रीय समितिका कुनै कर्मचारीलाई प्रत्यायोजित गर्ने,
– ऐनको उद्देश्य पूर्तिका लागि तोकिए बमोजिमको अन्य काम गर्ने, गराउने,

४. अध्यादेशको मस्यौदामा कुन–कुन पदाधिकारीले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ ? जानकारी गराउनुहोस् ?

केही सार्वजनिक लिखित प्रमाणीकरण (कार्यविधि) ऐन, २०६६ मा व्यवस्था भए अनुसार मन्धिपरिषद्बाट अध्यादेश जारी गर्ने सिफारिस भएपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्यादेशको मस्यौदाको तीन प्रति नेपाली कागजमा तयार गर्नुपर्ने र त्यसरी तयार भएको अध्यादेशको मस्यौदामा दहोयका पदाधिकारीले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छः

(क) प्रधानमन्त्री,
(ख) सम्बन्धित विभागीय मन्त्री,
(ग) कानुन, न्याय तथा संसदीय मामिला मन्त्री,
(घ) नेपाल सरकारको मुख्य सचिव र
(ङ) कानुन, न्याय तथा संसदीय मामिला मन्त्तालयको सचिव,

यसरी हस्ताक्षर भएको अध्यादेशको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष पठाउनु पर्ने र प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले मस्यौदा प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस गर्नुपर्ने, यसरी प्राप्त अध्यादेशको मस्यौदाका प्रतिहरुमा राष्ट्रपतिले मिति उल्लेख गरी हस्ताक्षर गरेपछि अध्यादेश प्रमाणीकरण हुने र ऐन सरह लागू हुने व्यवस्था छ ।

५. गोरखापत्र संस्थाको काम, कर्तव्य र अधिकार के–के हुन् ? उल्लेख गर्नुहोस् ।

गेरखापत्र संस्थान ऐन, २०१९ अनुसार राष्ट्रिय दृष्टिकोण तथा व्यापकताले पूर्ण स्वस्थ, उत्तरदायी तथा मनोरञ्जन सामग्रीले युक्त पत्र–पत्रिकाको प्रकाशन एवम् वितरणद्वारा देशी विदेशी समाचार एवम् अन्य उपयोगी कुराको जानकारी सर्वसाधारलाई सरल, सुलभ एवम् सुपथ किसिमले उपलब्ध गराउनु गोरखापत्र संस्थानको कर्तव्य हो । उक्त ऐनमा व्यवस्था भए अनुसार गोरखापत्र संस्थानका काम तथा अधिकार निम्नानुसार छन्ः

– गोरखापत्र दैनिकको मुद्रण, प्रकाशन, वितरण, सञ्चालन, आदि सबै काम गर्ने,
– गोरखापत्र दैनिक र राइजिङ नेपालका विभिन्न संस्करण प्रकाशनको स्तरमा सुधार ल्याउने तथा देशी एवम् विदेशी समाचार सकभर व्यापक रुपमा समावेश गर्ने,
– राष्ट्रियता र प्रजातान्त्रिक भावना विकसित गर्दै लैजाने किसिमका आवर्षक, रोचक,। संस्कृति परिचायक तथा मनोरञ्जनपूर्ण प्रकाशन प्रकाशित गर्ने,
– गोरखापत्र दैनिक, राइजिङ नेपाल र संस्थानका अन्य प्रकाशनका विभिन्न संस्करण, आकार प्रकार र मूल्य अन्य दस्तुर आदि निर्धारण गर्ने र असुल गर्ने,
– आफुले गर्नुपर्ने कामको अतिरिक्त जन–साधारणले प्रकाशन गर्न ल्याएको कुरा आवश्यक दस्तुर लिई छपाइ दिने,
– संस्थानभित्र वा बाहिरका व्यक्तिलाई संस्थानको काम कुरामा शिक्षा एवम् तालिमको व्यवस्था गर्ने,
– आफुले गर्न पाउने काम गर्न चल अचल सम्पति प्राप्त गर्ने, भोग गर्ने र नामसारी गर्ने,
– आफ्नो अधिकारको प्रयोग गर्न कर्तव्यको पालन गर्नमा मद्दत हुने किसिमको सबै ठेक्कापट्ट लिने दिने र कार्यान्विन गर्ने,
– संस्थानको सम्पति धितो बन्धक राखी अरुसँग सापटी लिने,
– संस्थानको सम्पति भाडामा दिने, विक्रि गर्ने वा अरु प्रकारको बन्दोबस्त गर्ने,
– डिपोजिटको ब्याज दिने र संस्थानको सेयरको लाभांश बाँड्ने,
– आफनो प्रकाशन प्रति जनताको विश्वास बढाउन आवश्यक प्रचार गर्ने,
– आफ्नो प्रकाशनको बिक्री वितरणका लागि नेपालभित्र र विदेशमा समेत ठाउँठाउँमा विक्रि केन्द्र खोल्ने वा एजेन्सी दिने,
– आफ्नो पदाधिकारी वा अरु कर्मचरीलाई निवृत्तिभरण वा उपदानको व्यवस्था गर्ने तथा वचत् खाता खोल्ने,
– आफनो पदाधिकारी वा अरु कर्मचारीलाई निवृत्तिभरण वा उपदानको व्यवस्था गर्ने तथा बचत खाता खोल्ने,
– आफ्नो रकमलाई नेपाल सरकारले अनुमति दिएका सेक्युरिटीमा लगाउने,
– ऐन अन्तर्गतको आफ्नो कर्तव्यको पालन र अधिकारको प्रयोग र ऐनका उद्देश्यलाई कार्यान्वित गर्न आवश्यक भएका र त्यसको सिलसिलामा चाहिने अरु सबै काम कुरा गर्ने,

६. राष्ट्रिय खेलकुद परिषद्को काम, कर्तव्य र अधिकार के–के हुन् ?

प्रधानमन्त्ती संरक्षक रहेको राष्ट्रिय खेलकुद परिषद्को काम, कर्तव्य र अधिकार निम्नानुसार छन्ः

– खेलकुलको स्तरमा वृद्धि गर्न समय समयमा जिल्ला, क्षेत्र, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलकुदका प्रतियोगिताको आयोजना गर्ने,
– खेलकुद सम्बन्धी संस्थालाई आर्थिक वा अन्य सहयोग प्रदान गर्ने वा त्यस्तो सहयोगका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने,
– शिक्षण संस्थामा खेलकुद सम्बन्धी प्रशिक्षण, प्रतियोगिता सञ्चालन गर्ने तथा खेलकुदको उपयोगिता सञ्चालन तथा खेलकुदको उपयोगिताका सम्बन्धमा प्रचारप्रसार गर्ने गराउने,
– खेलकुदको उत्तरोत्तर विकासका लागि आवश्यकतानुसार रङ्गशाला तथा खेलकुद मैदानको निर्माण गरी तिनीहरुको संरक्षण तथा रेखदेख गर्ने,
– खेलकुद सम्बन्धी संस्थालाई समय समयमा आवश्यक निर्देशन दिने,
– खेलाडीको स्तरवृद्धि गर्न आवश्यकताअनुसार स्वदेशी तथा विदेशी प्रशिक्षकबाट तालिम दिलाउने व्यवस्था गर्ने र उपयुक्त खेलाडीको छनोट गरी आवश्यकतानुसार विदेशमा समेत तालिम हासि गर्न पठाउने, तर विदेशी प्रशिक्षक झिकाउँदा नेपाल सरकारको पूर्व स्वीकृति लिएको हुनुपर्ने,
– खेलाडीलाई आर्थिक सहायता तथा छात्रवृति प्रदान गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने,
– खेलाडीको स्वास्थ्यको संरक्षण गर्न आवश्यक व्यवस्था गर्ने,
– विभिन्न कारणबाट शारीरिक तथा मानसिक रुपमा विकलाङ्ग हुन पुगेका अपाङ्गको खेलकुदको विकास गर्न तालिम तथा प्रतियोगिता सञ्चालन गर्ने व्यवस्था गर्ने र आवश्यकतानुसार त्यस्तो खेलकुदको महत्वको सम्बन्धमा प्रचारप्रसार गर्ने गराउने,
– खेलकुद्को विकासका लागि अन्य आवश्यक व्यवस्था गर्ने गराउने ।

साभारः गोरखापत्र

 

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस