कुल ग्राहर्स्थ उत्पादन (Gross Domestic Product, GDP) का ३ क्षेत्रहरु
……………………………………………………………………
एकवर्षको अवधिमा एउटा देशको सीमाभित्र संभव भएको वस्तु तथा सेवाको उत्पादनको मूल्यलाई नै कुल ग्राहर्स्थ उत्पादन भन्ने गरिन्छ । देशको अर्थतन्त्रको आकार सम्वन्धमा जानकारी दिने कुल ग्राहर्स्थ उत्पादनको गणना गर्दा देहायका तीन क्षेत्रमा उत्पादनका क्षेत्रहरुलाई वर्गिकृत गरी उत्पादनको मात्रा र त्यसको मूल्य निकाल्ने गरिन्छ ।
प्राथमिक क्षेत्र : कृषि तथा वन, मत्स्यपालन, खानी तथा उत्खनन
द्वितीय क्षेत्र : उद्योग, विद्युत, ग्याँस तथा पानी र निर्माण क्षेत्रका उत्पादन
तृतीय क्षेत्र : व्यापार, होटल रेस्टुरेन्ट, यातायात, व्यवसायिक सेवा, वित्तीय मध्यस्थता, शिक्षा स्वास्थ्य र अन्य सामाजिक तथा व्यक्तिगत
वस्तुगत प्रश्नहरु
१. इथानोल, वायोडिजेल, वायोग्याँस, सौर्य उर्जा, वायु उर्जा र भूतापीय उर्जा के कुरामा समान छन् ?
२. एउटा ऐनाबाट हेर्दा घडीमा ३स्१५ वजेको रहेछ भने घडीले देखाउने सही समय कति होला ?
(क) ९:४५ (ख) ९:१५ (ग) ८:४५ (घ) ३:१५
३. बाबु र छोरी वीचको नजिकपनालाई भ्भिअतचब ऋयmउभिह भनेझैँ आमा र छोरावीचको नजिकपनलाई के नाम दिइएको छ ?
४. बौद्धिक हुलाक (इन्टेलिजेन्ट मेल) प्रयोगमा ल्याउने पहिलो मुलुक कुन हो ?
(क) चीन (क) कोरिया (ग) USA (घ)UK
५. पानी चित्र (Water Image) पनि स्वयं Letter नै हुने English Capital Letter कतिवटा छन् ?
सही उत्तरहरु:
१. वातावरणमैत्री इन्धन
२. (ग) ८:४५
३. ओडिपस कम्प्लेक्स
४. (ग) USA
५. ८ वटा (C, D, E, H, I, K, O, X)
छोटो प्रश्नोत्तर
१. नेपाल सरकारले अघि सारेको युथ भिजन, २०२५ का पाँच स्तम्भहरु के के हुन ?
नेपाल सरकारले युवाको समग्र विकासका लागि लक्षित गरी जारी गरेको युथ भिजन, २०२५ ले देहायका ५ वटा स्तम्भहरु अघि सारेको छ :
♦ गुणस्तरीय र व्यवसायिक शिक्षा एवं रोजगारी
♦ उद्यमशीलता र सीप विकास
♦ युवा स्वास्थ्य र सामाजिक सुरक्षा
♦ परिचालन, सहभागिता र नेतृत्व विकास
♦ खेलकूद र मनोरञ्जन
२. मानवाधिकारको विकासक्रममा देखिएका पुस्ताहरु के के हुन्।
मानवाधिकारको अवधारणा र विकासक्रमलाई हेर्दा नागरिकलाई प्राप्त हुने स्वतन्त्रता वा अधिकारलाई चारवटा विभिन्न क्रमिक पुस्तामा राखेर हेर्ने गरिन्छ :
पुस्ता | मानवाधिकारको अर्को नाम | अधिकारहरु |
पहिलो | नागरिक तथा राजनैतिक अधिकार | · चुनावमा भाग लिने, भेला हुने, वाक स्वतन्त्रता, अभियोजनको अधिकार, यातनाविरुद्धको अधिकार
· यी अधिकारहरु नागरिकका स्वतन्त्रतामा राज्यको हस्तक्षेप रोक्नतर्फ लक्षित हुन्छन् । |
दोश्रो | आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार | · शिक्षा, स्वास्थ्य, आवाश, रोजगारी, पर्याप्त आमदानीको अधिकार
· यी अधिकारहरु नागरिकका समग्र सामाजिक हैसियत सुधार गर्न केन्द्रित रहन्छन् । |
तेश्रो | सामूहिक अधिकार | · आर्थिक विकासको अधिकार, समृद्धिको अधिकार, सामाजिक सामन्जस्यताको अधिकार, स्वच्छ वातावरणको हक
· यी अधिकारहरु मानवाधिकारका सन्धी र घोषणामा नभएपनि पछि थपिएका |
चौथो | स्वच्छन्दताको अधिकार | इच्छामृत्युको अधिकार (विवादित) |
लोकसेवा सम्बन्धि थप बस्तुगत र छोटा प्रश्नोत्तर
नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि २८ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक