व्यापारीको हत्या काण्डका मुख्य योजनाकार पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

व्यापारीको हत्या काण्डका मुख्य योजनाकार पक्राउ


२७ असार २०७४, मंगलबार


काठमाडौं । दाङका व्यापारी राजकुमार श्रेष्ठलाई अपहरण गरी हत्या गर्ने समूहका मुख्य योजनाकार खुमबहादुर केसीलाई प्रहरीले काठमाडौंको बालाजुस्थित उनकै कोठाबाट पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले घटनाका मुख्य योजनाकार केसीलाई मंगलबार तार्केश्वर नगरपालिका–१० मनमैजुबाट पक्राउ गरेको हो ।

दाङ, तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने वुटवल बस्त्रालयका संचालक एवं तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष ५३ वर्षीय श्रेष्ठलाई गत जेठ २६ गते अपहरण गरी सल्यान, छत्रेश्वरी गाउँपालिका–४ स्थित झिम्पे रेन्ज जंगलमा लगी हत्या गरी ओडारभित्र शव लुकाई फरार रहेको घटनाको अनुसन्धानको क्रममा उक्त महाशाखाको प्रहरीले उक्त घटनाका मुख्य योजनाकार उनलाई पक्राउ गर्न सफल भएको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस