अज्ञात समूहद्वारा दिउँसै ट्रकमा आगजनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अज्ञात समूहद्वारा दिउँसै ट्रकमा आगजनी


२७ असार २०७४, मंगलबार


जुम्ला । सदरमुकाम जुम्ला खलंगामा आज अज्ञात समूहद्वारा दिउँसै मिनीट्रकमा आगजनी गरिएको छ ।

ना२ख ४६०२ नं. को मिनीट्रक्रमा आगजनी गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ट्रकमा बिहान ११ः४५ बजे पेट्रोल छर्केर चालक बस्ने क्याबिन जलाइएको थियो ।

नचिनेका मान्छेले आगो लगाएको थाहा पाएपछि स्थानीयवासीको सहायतामा आगो निभाइएपछि प्रहरी त्यहाँ पुगेको थियो । अहिले प्रहरीले सुरक्षा दिइरहेको प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले जनाए । आज नेपाल बन्दका क्रममा जुम्ला पनि बन्द भएकाले आगजनी विप्लवका कार्यकर्ताले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

नेपाल कम्युनिस्ट पार्टी विप्लवका जुम्ला सेक्रेटरी विर्षबहादुर शाहीले आगजनीमा आफ्नो संलग्नता नरहेको बताएका छन् । यता प्रहरीले भने घटनामा संलग्नहरुको खोजी भइरहेको जनाएको छ ।

बन्दले आज जुम्लामा लामो तथा छोटो दूरीका यातायात ठप्प छ । यसको प्रभाव अधिकतम रुपमा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका छात्रछात्रालाई परेको छ भने सरकारी तथा गैरसरकारी कार्यालय तथा शिक्षण संस्थामा पनि बन्दको असर परेको छ । रासस

प्रतिक्रिया दिनुहोस