प्रहरी हबल्दार रानालाई धन्यवाद मात्र दिएको हु– गृहमन्त्री शर्मा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरी हबल्दार रानालाई धन्यवाद मात्र दिएको हु– गृहमन्त्री शर्मा


२७ असार २०७४, मंगलबार


काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई १५ सय रुपैयाँसहित पुरस्कृत गरेको भन्ने समाचारको खण्डन गरेका छन् । उनले आफ्नो ट्वीटरमा स्ट्टस पोष्ट गर्दै  नेपाल प्रहरीका हवल्दार श्री दुर्गा बहादुर राना गृहमन्त्रालयमा भेट्न आएको र मैले धन्यबाद दिएको हो, भेटका क्रममा गृहमन्त्रीले रु. १५०० दियो भनी भ्रभ छरेर उनको साहसीक कदमको अपमान नगर्न आग्रह गर्दछु भनेका छन् ।

दुर्गाबहादुर रानाले तुलसीपुर उपमहानगरपालिकाको अम्बास मतदान केन्द्रमा अज्ञात समूहले फालेको बमलाई तत्कालै सुरक्षित स्थानमा फ्याँकेर सम्भावित क्षति हुनबाट जोगाएका थिए । उनलाई टेलिफोन गरी मन्त्री शर्माले साहसिक कार्यको प्रशंसा गर्दै उचित सम्मान गर्ने बताएका थिए ।

हबल्दार रानालाई जम्मा १५ सय रुपैयाँ दिएर सम्मान गरेको भनेर हल्ला फैलिरहेको बेला गृहमन्त्री शर्माले आफूले त्यसरी सम्मान नगरेको स्पष्ट पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस