आफ्नै सवारीसाधनले ठक्कर दिँदा मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आफ्नै सवारीसाधनले ठक्कर दिँदा मृत्यु


२७ असार २०७४, मंगलबार


काठमाडौँ । खिचापोखरीस्थित मेट्रो प्लाजामा सवारीसाधनले ठक्कर दिँदा चालक विनोद डङ्गोलको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ललितपुर इमाडोलका ३० वर्षीय डङ्गोलको आफ्नै बा ७ च २४१३ नं. को जिप पार्किङ गरी निस्कने क्रममा सोही गाडी पछाडि गुडेर उनलाई सोमबार अपराह्न ठक्कर दिएको थियो ।

डङ्गोलको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस