मेचीनगरलाई ‘बालश्रम मुक्त’ बनाइने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मेचीनगरलाई ‘बालश्रम मुक्त’ बनाइने


२७ असार २०७४, मंगलबार


झापा । मेचीनगरलाई ‘बालश्रम मुक्त’ नगर बनाइने भएको छ ।

नगरको नवगठित नगर कार्यपालिका स्थानीय तह मन्त्रिमण्डलको सोमबार सम्पन्न बैठकले त्यस्तो निर्णय गरेको हो ।

प्रमुख विमल आचार्यको अध्यक्षतामा बसेको कार्यपालिकाको पहिलो बैठकले नगरलाई बालश्रम मुक्त बनाउने र त्यसका लागि आवश्यक कानुनसमेत निर्माण गर्ने नीतिगत निर्णय गरेको हो ।

तर कहिलेसम्ममा नगरलाई बालश्रम मुक्त बनाउने भनेर बैठकले समयावधि तोकेको छैन । शपथ ग्रहणलगत्तै नगरपालिकाको सभाकक्षमा बसेको बैठकले चारवटा निर्णय गरेको उपप्रमुख मीना पोखरेलले जानकारी दिइन् ।

पहिलो नम्बरमा मेचीनगरका बाढीग्रस्त क्षेत्रको निरीक्षण गरी तत्काल नियन्त्रणका उपाय अपनाउने निर्णय भएको छ । निर्णयको दोस्रो बुँदामा एक हप्ताभित्र नगरपालिका कार्यालयमा सर्वसाधारणको सुविधाका लागि सहायता कक्ष हेल्प डेक्स स्थापना गर्ने र तेस्रो बुँदामा तीन महिनाभित्र मेचीनगरको विस्तृत पाश्र्वचित्र प्रोफाइल तयार गर्ने उल्लेख छ ।

चौथो बुँदामा नगरलाई महिला सशक्तीकरणयुक्त र बालश्रम मुक्त बनाउने निर्णय गरिएको छ । साथै, सोही बुँदामा ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने र सम्मान गर्ने निर्णय उल्लेख छ ।

भद्रपुरलगायत अन्य नगरमा ज्येष्ठ नागरिक भत्ता घरघरै पुर्याउने निर्णय भएको खबर आइरहे पनि मेचीनगरमा त्यस्तो निर्णय हुन सकेन । रासस

Tags :
प्रतिक्रिया दिनुहोस