एन्जल्स हर्ट कप बास्केटबल प्रतियोगितामा आयोजक एन्जल्स हर्टको विजयी सुरुआत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एन्जल्स हर्ट कप बास्केटबल प्रतियोगितामा आयोजक एन्जल्स हर्टको विजयी सुरुआत


२६ असार २०७४, सोमबार


काठमाडौं । आयोजक एन्जल्स हर्टले प्रथम यु–१८ एन्जल्स हर्ट कप बास्केटबल प्रतियोगिताको ब्वाइज र गल्र्स दुवैमा सोमबार विजयी सुरुआत गरेको छ ।

मनमैजुस्थित एन्जल्स हर्ट स्पोर्ट्स एकेडेमीको परिसरमा भएको उद्घाटन खेलमा एन्जल्स हर्टको ब्वाइज टिमले ह्वाइट हाउस कलेजलाई ५३–३५ ले पराजित ग¥यो । एन्जल्स हर्टको जितमा निकेश मगरले सर्वाधिक २२ अंक योगदान गरे ।

सुरुको क्वाटरमा १३–७ को अग्रता बनाएको एन्जल्स हर्ट दोश्रोमा १०–१२ ले पछि प¥यो । तेश्रो र चौथो क्वाटरमा क्रमशः १२–८ र १८–६ ले आफ्नो पक्षमा पार्दै एन्जल्स हर्टले जित अन्तर फराकिलो बनायो ।

एन्जल्स हर्ट मावि र एन्जल्स हर्ट इन्टरनेसनल कलेजद्वारा संयुक्त आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको राउन्ड रोविन लिगमा एन्जल्स हर्टले एनसीसीएसलाई २४–१२ ले हरायो । विजेताकी मुना महर्जनले ११ अंक जोडिन् ।

अन्तिम तथा चौथो क्वाटर ६–६ को बराबरीमा टुंगियो भने बाँकीमा एन्जल्स हर्टले अग्रता लियो । एन्जल्सले पहिलोमा ५–०, दोश्रोमा ४–२ र तेश्रोमा ९–४ को प्रदर्शन ग¥यो ।

प्रतियोगिताको तार्केश्वर नगरपालिका वडा नं. १० का अध्यक्ष अमृत थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । एन्जल्स ड्रिम प्रा. लि. को व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको ब्वाइजमा १४ टिम र गल्र्समा ६ टिम सहभागी छन् । फाइनल साउन ६ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस