२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तरीका बाढी पीडितलाई राहत वितरण

अ+ अ-

राजविराज । एक हप्ता अगाडि सप्तरीमा अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई विभिन्न सङ्घ संस्थाले राहत वितरण गरेका छन् ।

मोहुली खोलालगायत विभिन्न नदीमा आएको बाढीले सप्तरी जिल्लाको लोहजरा गाविसका प्रभावित स्थानीय बासिन्दालाई झापाका रोट्र्याक क्लब अफ काँकडभिट्टा, रोट्र्याक क्लब अफ बिर्तामोड मिड् टाउन र मधेसी एसोसियसन अफ अमेरिकाले संयुक्त रुपमा १०० थान झुल, प्रत्येक परिवारलाई पाँच किलोका दरले चामल, खानेतेल, दाल र प्रत्येक परिवारलाई एक बोरा भुजा, २० कार्टुन वाइवाइ चाउचाउ र २० बोरा लत्ता कपडा वितरण गरिएको रोट्र्याक क्लब अफ काँकडभिट्टाले जनाएको छ ।

त्यहाँ करिब ९७ घर परिवारलाई एक लाख मूल्य बराबरको राहत साम्रगी वितरण गरिएको बताइएको छ । यस्तै बाढीबाट पीडित परिवारलाई जनकपुरको सक्रिय संयुक्त मधेस सङ्घर्ष समितिले समेत राहत प्रदान गरेको छ ।

समितिका पदाधिकारीले सप्तरी पुगेर जिल्लाको बाढी प्रभावित क्षेत्र मैनाकडेरी र रधुनाथपुरका पीडित परिवारलाई राहतस्वरुप विभिन्न सामग्री बाँडेका थिए ।

उक्त समितिले सप्तरीमा रु पाँच लाख मूल्य बराबरको त्रिपाल, ओछ्याउने फोम, लताकपडासहित औषधिसमेत बाँडेको सो समितिले जनाएको छ ।

त्यस्तै सप्तरीको खाँडो नदीको कटानबाट प्रभावित मलेठका बढी पीडित परिवारलाई जनज्योति कृषि सहकारी संस्थाले पनि संस्थाका बचतकर्ता तथा ऋणीलाई राहत वितरण गरेका छन् ।

उक्त संस्थाले संस्थाका बचतकर्ता एवम् ऋणीलाई नगद दुई हजारका दरले संस्थाको कार्यालयमा एक कार्यक्रमबीच सो राहत वितरण गरेको हो ।

संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षता तथा समाजसेवी हरेकृष्ण प्रसादसिंह हरिबाबुको प्रमुख आतिथ्य एवम् वरिष्ठ पत्रकार अनिलकुमार अनलको उपस्थितिमा राहत वितरण गरिएको बताइएको छ ।

यसैगरी राजविराज नगरपालिका–९ को दलित बस्तीमा हेल्प नेपाल नेटवर्क काठमाडौँको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लब सप्तरीको संयोजनामा मलेठका बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।

मलेठ–७ हाल राजविराज नगरपालिका–९ का ३२ परिवार र दिघवाका–४ गरी ३६ परिवारलाई राहत वितरण गरिएको क्लबका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले बताउनुभयो । रासस

0 Comments