पाल्पामा खोलाले जीप बगाउँदा चार जना बेपत्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पाल्पामा खोलाले जीप बगाउँदा चार जना बेपत्ता


२६ असार २०७४, सोमबार


पाल्पा । पाल्पामा खोलाले जीप बगाउँदा चार जना यात्रु बेपत्ता भएका छन् ।

पाल्पाको तानसेन नगरपालिका अन्तरगत माथागढी गाउँपालिका–३, सराईस्थित तिनाउ खोलामा आएको बाढीले लु १ ज १२१७ नं.को जीप बगाउँदा ४ जना यात्रु बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बेपत्ता हुनेमा तानसेन नगरपालिका– १ की २९ वर्षीया उषा श्रेष्ठ, माथागढी–१ का अन्दाजी ४० वर्षीय तिलवीर गाहा, उनकी श्रीमती माया गाहा, ४० वर्षीय पदमबहादुर कुँवर रेहका प्रहरीले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासिन्दाहरुद्वारा संयुक्त रुपमा बेपत्ता भएका हरुको खोजि भइरहेको प्रहरीले जनाएको छ । उनीहरु बिहे भोज खाएर फर्किंदै थिए ।

प्रतिक्रिया दिनुहोस