झापा । झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
मेयरमा एमालेका हरिकुमार राना १३ हजार ८ सय ७९ मतका साथ विजयी भए भने उपमेयरमा पनि एमालेकै कमला खतिवडा आचार्य १२ हजार ८ सय ३१ मतका साथ विजयी भइन् ।
नेपाली काँग्रेसका मेयरका प्रत्यासी हेमप्रसाद खरेलले ९ हजार ६ सय ४१ मत प्राप्त गरेका थिए भने उपमेयरमा कांग्रेसकी सरस्वती सिटौला गोले १० हजार ५ सय ७९ मत पाएकी थिइन् ।







