पुनर्वास नगरपालिकामा एमाले विजयी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पुनर्वास नगरपालिकामा एमाले विजयी


२६ असार २०७४, सोमबार


भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार जीवनराज थापा छ हजार ४० मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर थापा पाँच हजार ५१४ मत र नेपाली काँग्रेसका उम्मेदवार तोयाप्रसाद शर्माले पाँच हजार ५१२ मत प्राप्त गरेका पुनर्वास नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार शारदा विष्ट छ हजार ३६६ मत ल्याएर विजयी भएकी छिन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी उम्मेदवार भुलिया राना पाँच हजार ३९१ मत प्राप्त गरिन् भने भने माओवादी केन्द्रकी सीता विकले पाँच हजार ३५६ मत प्राप्त गरिन् । रासस

प्रतिक्रिया दिनुहोस