चार बलात्कारी पूर्पक्षका लागि कारागार चलान « प्रशासन
Logo २९ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चार बलात्कारी पूर्पक्षका लागि कारागार चलान


२६ असार २०७४, सोमबार


गौशाला । महोत्तरी जिल्लाको औरही गाउँपालिकामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना बलात्कारीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

कारागार चलान हुनेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिलकुमार साह, २० वर्षीय सुरेशप्रसाद यादव, २१ वर्षीय रमेश पञ्जीयार र २० वर्षीय अनिकेतकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गत जेठ २८ राति ७ बजेतिर औरही बजारबाट आफ्नो गाउँ औरही गाउँपालिका–२ फूलबरिया जाँदै गरेकी युवतीलाई औरही बजारदेखि ५०० मिटर टाँढा आँप बगैँचामा बाटो ढुकेर बसेका चारै जना युवकले समातेर मुख बन्द गरी पालैपालो बलात्कार गरेकाले उनीहरुलाई जिल्ला अदालतले पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

युवतीलाई सामूहिक बलात्कार गरेका युवकमध्ये एक जनालाई सोही राति ११ बजे र अरु तीन जनालाई एक साताभित्र पक्राउ गरी उनीहरुमाथि प्रहरीले जबर्जस्ती करणी मुद्दा चलाएर महोत्तरी जिल्ला अदालतमा पेश गरेकोमा न्यायाधीश दीपकराज पन्थले आइतबार अबेर साँझ उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस