२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन्यून साहित्य कि अस्पतालमा लेखिन्छ कि जेलमा लेखिन्छ 

अ+ अ-

गजलको दुनियाँमा एकछत्र राज गरिरहेका ज्ञानुवाकर पौडेल पछिल्लो अवस्थामा केही अस्वस्थ हुन पुगे । उनको मुटुमा समस्या देखियो र पेसमेकर जडान पछि केही दिनको अस्पताल बसाई पछि सामान्य अवस्थामा फर्किएका छन् । यतिबेला उनि स्वस्थ छन् । अस्पतालकै बेडबाट एकपछि अर्को गजल लेख्दै सामाजिक संजालमा पोष्ट गर्दै गर्दा गजलप्रेमीहरुको उनिप्रतिको सम्मान अझबढेर गएको पौडेलको अनुभवसंगै अस्पतालमै भर्ना हुनेगरी पहिलो पटक बिरामी परेको बताउँदै गर्दा पौडेलको अस्पताल अनुभव सहित पछिल्लो स्वास्थ्यस्थिति, खानपान र अस्पतालमै रचना गरिएका केही मुक्तक र गजलका साथ शुभ चिन्तकहरुको थेगी नसक्नु भिडलाई छिचोल्दै पौडेलकै निवासमा पुगेर प्रशासन डटकमका लागि एस राजले कुराकानी गर्नुभएको छ । प्रस्तुत त पौडेलसंगको सम्बाद जस्ताको त्यस्तैः 

पछिल्लो अवस्थामा केही अस्वस्थ हुनुभयो ? पहिले देखि नै बिरामी हुनुहुन्थ्यो कि एक्कासि भयोे ?
म ग्याष्ट्रिकको रोगी पहिलेदेखि नै । त्यो बेला पनि छाती दुख्थ्यो । जेठ २५ गते भन्दा तीन चार दिन पहिला पनि दुख्न थालेको थियो । ग्याष्ट्रिक होला भनेर वास्तै गरिँन । त्यो दिन ज्यादै दुख्यो । छाति भारी भएर थिचिए जस्तो भयो । अस्पताल गए । रिपोर्टबाट मुटुको चाल नराम्रो देखियो । दुइ चार अरु ठाउँमा पनि सल्लाह लिएँ, सबै ठाउँको रिपोर्ट चेक गरेर पेसमेकर राख्नुपर्छ भनेर भन्नेकुरा भयो ।

पेसमेकर राखेपछि अहिले कस्तो छ ?
अप्रेसन गरेको थाहा पाएको हुनाले पेसमेकर राखेको छ भन्ने थाहा छ नत्र केही गरुङ्गो अनुभूती भएको छैन ।

कति दिन बस्नुपर्यो अस्पतालमा ?
६ दिन पछि घर पर्किए ।

डर लागेन, मुटु जस्तो संवेदनशिल अंगमा औजार जडान गर्ने कुरा छ, के होला भनेर ?
म बिरामी भएको थाहा पाएपछि चिनजान मात्रै हैन, कहिल्यै नभेटेका र नाम सुनेका मानिसहरु पनि भेट्न आए । गार्डले त यो २८ नम्वरको प्यासेन्ट त कस्तो प्यासेन्ट हो, गाविसै उर्लेर ल्यायो भनेर भन्यो भनेर त्रिपुरा(श्रीमती)ले मलाई पछि भनि । म संग धेरै मित्रहरुको सद्भाव रह्यो ।

भेट्न आउनेहरुको भिडले पनि ज्ञानुवाकरप्रतिको प्रेम र सम्मान जवर्जस्त छ भन्ने देखायो हैन त ?
मलाई धेरै राम्रो लाग्यो किनभने आर्थिक हैसियत त मेरो राम्रो पनि छैन । नराम्रै पनि छैन । कसैसँग हात फैलाउन नपर्ने अवस्थामा छ । तर बिभिन्न क्षेत्रका मानिसहरु ज्ञानुवाकरलाई यस्तो भएछ, भेट्न जानु पर्यो भनेर अस्पतालमै भेट्न गए । घरमा पनि त्यत्तिकै । सिद्धान्तमा मतभेद भए पनि मनभेद चाहिँ हुँदो रहेनछ साहित्यमा, यो सन्देश चाहिँ मैले पाए । बामपन्थि बिचार धारा देखि काँग्रेस, राजवादी, माओबादी देखि हरेक बिचार धाराका मान्छे मलाई भेट्न आए । यादव खरेल जस्तो ८२ बर्षको बृद्ध देखि लिएर तन्नेरी पुस्ता हरेक दिन आइराखेका छन् । कोठा खालि भएन ।

अस्पतालको शैयाबाटै गजल रचना गरेको फोटोले फेसबुकमा धेरै प्रतिक्रिया पाएको थियो, मुटुकै अप्रेसन गर्नुपर्ने गरी बिरामी पर्दा पनि लेखनी रोकिएन हैन त ?
म जीन्दगीमा कहिले अस्पताल भर्ना भएको थिएन । पहिलो पटक अस्पताल भर्ना भएको । बिरामी भएर एलोपेथिक औषधी खाएको यो पहिलो पटक हो जीवनमा । असार ६ गते मंगलबार मेरो अप्रेसन भयो शुक्रबार देखि लेख्न थालेँ ।

अस्पतालको बेडमा रचिएको एउटा गजल सुनाउनुहोस् न ?

कता हो कता म हराउन थालेको छु
अदृश्य–दृश्यमा रमाउन थालेको छु ।

पहिले त डर लाग्थ्यो मलाई मृत्युसिछ
अचेल जीन्दगीसंग डराउन थालेको छु ।

नरिवलले नपुगेर तिम्रो त्यो देउतालाई
आफ्नै शिर पो त चढाउन थालेको छु ।

नरोकिँदा यो बाडुली यस्तो लाग्छ
कसैलाई फेरी याद आउन थालेको छु ।

जतिबार खाए नि मैले बिर्सिने कसम
तिमिलाई झन् मन पराउन थालेको छु ।

अनि एउटा मुक्तक पनि ? अनि एउटा मुक्तक पनि ? 

त्यो चन्द्रमा ती ताराहरुसंग मलाई के को डर ?

त्यो भेल त्यो किनारासित मलाई के को डर ?

आजमाउन खोज्दैछु म आज तिम्रो प्रेम पनि

समाजले तेछ्र्याइएको यो तगारसित मलाई के को डर

बिना चन्द्रमा जसरी त्यो आकाश जगमगाउन सकिरहेको छैन

बिना फुल जसरी त्यो बगैंचा मगमगाउन सकिरहेको छैन

बिना बादल बाँझो छ आज जसरी मेरो यो धर्ति पनि

बिना तिमि त्यसरी नै जीन्दगी यो रमाउन सकिरहेको छैन ।

शारीरिक अस्वस्थताले बैचारिक भावना अर्थात श्रृजनामा खासै असर गरेन भन्नुपर्यो हैन त ?
मेरो एउटा बानी के छ भने केही मनमा आउने वित्तिकै लेखिहाल्ने । बिदेशी लेखकले कानमा कलम र हातमा डायरी बोकेका हुन्छन् । किनभने पछि त्यो बिचार आफ्से आफ डिलिट हुन्छ । त्यो कारणले गर्दा नेपकिनमा होस्, कितावको कभरमा होस् बिचार आएपछि म लेखिहाल्छु । पछि त्यसलाई कम्पाएल गर्ने मेरो बानी छ ।

कतिवटा जति रचना जन्मिए त अस्पतालको शैयाबाट ?
छ वटा जति त मुक्तक लेखेँ । तीन वटा गजल लेखेँ । मलाई मात्र होइन, धेरै उत्कृष्ट साहित्य अस्पतालको बेडमै लेखिएका पनि पढेको छु मैल । जेन्यून साहित्य कि अस्पतालमा लेखिन्छ कि जेलमा लेखिन्छ ।

सामान्य अवस्थामा हुँदाको लेखनी र अस्पतालको बेडमा आराम गरिरहँदाका बखतमा लेख्दा केही फरक हुँदो रहेछ ?
फरक पर्दो रहेछ । अस्पतालको वातावरण शान्त हुन्छ । कसैले हल्ला गर्न पाउँदैन । मलाई लेख्दा त त्यहाँ झन् राम्रो बन्यो । कोही बोल्यो भने पनि हल्ला नगर्नुहोस् भनेर नर्सले औला ठड्याइ हाल्छ । मान्छेहरु कि सुतेका हुन्छन्, कि चुपचाप बसेका हुन्छन् ।

तमाम शुभचिन्तकहरु भेट्न आए, अझै यो क्रम जारी छ, सामाजिक संजालमा शिघ्र स्वास्थ्य लाभको कामना गर्नेहरुको संख्या उत्तिकै छ, के भन्न चाहनुहुन्छ तपाइको शुभचिन्तकहरुलाई ?
तपाइहरुको एउटा दिल छ मेरो त अब दुइवटा दिल छ । एउटा भगवानले दिएको अर्को आर्टिफिसियल दिल छ । ती दुईटैको काम मलाई जीवित राख्ने हो । प्राकृतिक मुटुले काम नगरेको अवस्थामा त्यो आर्टिफिसियल मुटुले काम गर्ने हो । झन् चिरन्जिवी हुन सक्छु अब त । भगवानले दिएको मुटु केहीगरी रोकिनथाल्यो भने मेसमेकरले तत्काल चलाइहाल्छ । त्यसको म्याद बीस वर्ष छ । बीस वर्षलाई म ढुक्क भए ।

अब केही दिन विश्राम लिनुहुन्छ कि जारी रहन्छ लेखनी ? के छ योजना ?
एक महिना भित्रमा मुक्तक संग्रह निकाल्दैछु । पाण्डुलिपी तयार गरेको छु । म बाचुन्जेल लेख्ने काम छोड्दिन । लेखनको क्वालिटी फरक होला । मेरो मेमोरीले साथ दिएसम्म लेख्छु ।

सधै चिल्लो गाला बनाएर, चिटिक्क परेर कार्यक्रममा देखिने ज्ञानुवाकर केही दिन यता त सेताम्य हुनेगरी फुलेछ त ?
कसैले दाह्री किन पाल्नु भएको बिरामी जस्तै देखिनु भएको छ भन्छन् । बिहारको मुख्यमन्त्री नितेसकुमार र मोदीको लागि फेसन भएको छ भने म कहाँ बिरामी हुन्छु । दाह्री र बिरामीको सम्बन्ध छैन भनिराछु ।

फुलेका दारीले केही फरक त पारेको छैन नि ?
हैन, सेतो दाह्रीमा एउटा समस्या छ, कवयित्रीहरु आउने संख्यामा कमी हुन्छ । सेतो दाह्री राख्दा ।

हाहाहाहा चिन्ताको विषय भयो नि त कवयित्री घटे भनेपछि ?
चिन्ताकै विषय त होइन तर फरक पार्दो रहेछ ।

भेटघाटमा मात्रै हो कि रचनामा पनि फरक पर्छ दारी हुनु र नहुनुमा ?
क्लिन सेफ हुँदा कन्फिडेन्ड बढ्दो रहेछ । म मा अझै पनि जवानी छ, जोस् छ, हौसला छ भन्ने फिल हुन्छ । दारी पाल्दा मान्छेमा अर्कै खाले मानसिकता हुने रहेछ । सफाचट् भएर अनुहारमा क्रिम, लुगामा स्प्रे छर्केपछि त युवा महसुस भइहाल्छ । मनोवैज्ञानिक प्रभाव त पर्दो रहेछ ।

तपाई त पिउनको पनि पारखी हुनुहुन्छ क्यारे, औषधीले गर्दा पिउन बन्द भएपछि घाँटीमा खसखस लागिरहेको होला !
त्यो पनि चिन्ता छ मलाई । पिएर लेख्दा र नपिएर लेख्दा फरक हुन्छ । पिएर लेख्दा बिचार र भावनाको बेग प्रवल हुन्छ । नपिएर लेख्दा धेरै कुरा सोचेर मात्रै आउँछ । पिएर लेख्दा नसोचीकन त्यो कुरा आउँछ ।

पिउनुलाई समाजले खासै राम्रो मान्दैन त्यसैल पिउने बानी नै लागेकाहरु पनि लुकेर पिउँछन् तर तपाइ त खुलेरै भन्दै आउनु भा छ, खासमा त्यस्तो के प्रभाव छ मदिराको जसलाई तपाई छोड्न र लुकाउन चाहनुहुन्न ?
आज मलाई यहाँसम्म ल्याउनमा त्यसको पनि भूमीका छ । कान्तिपुर, अन्नपूर्ण पोष्ट जतिपनि ठुला अखवार छन् तीनिहरुले मलाई जुन हाइलाइट गरे नी, मैले पिएकै अवस्थामा सुनाएको कविताको बलबुतामा म कहाँ फलो गरे । फुलमान वलले होस्, सुशील पौडेलले होस्, मनोज दाहालले होस् यी सबैले मेरो पिएको बेलाको प्रस्तुती सुनेर नै मलाई प्रमोट गरे । मलाई बाहिर लिएर आए र आम पब्लिकमा पुर्याए ।

तपाई धार्मिक शास्त्र हेर्नुहोस् । मैले जानकी बल्लव शास्त्रीको एउटा किताव पढेको थिए हिन्दुधर्मकी उत्थान और पतंगकी कहानीँया । त्यसमा पनि ठुला ठुला विद्वान ऋषि मुनीले पनि पिउँदा रहेछन् । हामी रक्सि भन्छौं सुन्दै घिन लाग्दो तर उनीहरुको सोमरस । सुन्दाखेरी कर्णप्रिय ! त्यो त क्वालिटिमा भरपर्दो रहेछ । हामी ह्विस्की भन्छौं उनीहरु सोमरस भन्छन् । भगवान इन्द्रले पनि दरवारमा रक्सि पिलाएको हामीले शास्त्रमा पढेकै छौं । तर के भने उनीहरु मर्यादित रुपमा पिउँथे तर हामीहरु अमर्यादित रुपमा नालिमा लड्ने गरी पिउँछौं । फरक त्यो हो ।

तपाइलाई कहिल्यै पनि नखानुपर्ने कुरा खाइरहेको छु जस्तो लागेन उसोभए ?
म आफ्नो बिचारमा कहिले पनि कन्फ्युज भइन । त्यही भएर होला भूपिले जस्तो, कृष्ण भक्तले जस्तो, द्वारिका श्रेष्ठले जस्तो थोरै किताबमा पनि धेरै पाठकको मन जित्न सकेँ । मेरो लेखाइमा म कहिल्यै पनि कन्फ्युजे भइन । अहिलेका अधिकाशं लेखकहरु के लेख्ने ? कसरी लेख्ने ? भन्ने कुरामा आफैमा दिग्भ्रमित छन् । जो आफैमा कन्फ्युज छ उसले साहित्यमा केही लगानी गर्न सक्दैन । म आफैमा कन्फ्युज कहिले पनि भइन । मैले टेकेको धरातल मलाई थाहा छ ।

कन्फ्यूजन हटाउने सारथी बन्यो सोमरस हैन त ?
केही हदमा भन्नु पर्छ । किनकी म ढोगी होइन । कति जना मान्छेले रक्सि खाएर पनि म रक्सि खान्न भन्छन्, म त सार्वजनिक गरिरहेको छु । लुकाएको छैन । कतिपय साथीहरु चाहीँ देखेको छु साथीभाइ आएको बेलामा दराज खुल्ला हुन्छ, अरु बेलामा चाहिँ पोस्टरले ढाकिएको हुन्छ ।

अब फेरी सोमरससंगको मिलन कहिले हुन्छ त ?
त्यो त मैले कठोर निर्णय लिन बाँकी छ, छोड्ने की खाने भनेर ! श्रीमतिसँग सहमती लिएर महिनामा एक दुइ पल्ट दुइ प्याक पिउने कि भन्ने सोचमा छु । त्यो पनि डाक्टरसंगको सल्लाहमा मेरो श्रीमतीलाई अगाडि राखेर, किनकी मेरो भनेको त उसले पत्याउदैन ।

भनेपछि महिनामा दुइप्याक सम्म भएपनि पिउनै पर्छ भन्ने मान्यतामा हुनुहुन्छ ?
यो नहुँदा मेरो लेखन र बाचनमा पनि प्रभाव पर्छ । पाल्पामा कवि गोष्ठिमा अघिल्लो दिन मैले जति तालि खाए पिएर सुनाउँदा । भोलिपल्ट मैले त्यति ताली पाइन । मेरो भोलीपल्टको कार्यक्रम फ्लपै भयो । नपिएर सुनाएको हुनाले । हरिभक्त कटुवालहरु पिएको कारणले नै धेरै माथी उठे ।

पिउने बानीकै कारणले खस्किएका पनि छन् नी त ?
लेखनसँग सम्बद्ध नभएर पिउने कामलाई नै बढी प्राथमिकता पार्नेहरुको हकमा हो त्यो । यसलाई मैले एउटा मेडिसियनको रुपमा प्रयोग गरिरहेको छु । आफ्नो मुड नियन्त्रणमा राख्ने । कब्जियत हटाउने मेडिसिएनको रुपमा मैले यसलाई लिएको छु । हेरौ अब के हुन्छ । डाक्टरले जे भन्नु हुन्छ त्यही गर्ने हो डाक्टरको खिलापमा पनि जाने कुरा आएन ।

अन्त्यमा भन्न मनलागेको केही छ कि ?
खोलाको कुनै गन्तव्य हुँदैन, हामीले भन्ने कुराको पनि अन्तिम गन्तव्य कहिँ हुँदैन ।

0 Comments