पुराना नोट प्रदर्शनी सुरु « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

पुराना नोट प्रदर्शनी सुरु


२३ असार २०७४, शुक्रबार


काठमाडौँ । नेपाल फिलाटेलिक सोसाइटीले आफ्नो स्वर्ण उत्सवका उपलक्ष्यमा आजदेखि नेपाली नोटको प्रदर्शनी सुरु गरेको छ ।

तीन दिनसम्म नेपाल कला परिषद्मा सुरु भएको प्रदर्शनीमा वि.सं. २००२ मा छापिएका ५, १० र १०० तथा त्यसपछि छापिएका मुद्राको सङ्कलन छ । उन्नाइस सङ्कलकले सङ्कलन गरेका विभिन्न्न मुलुकका नोट पनि समावेश गरिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले पुराना सिक्का तथा नोटले तत्कालीन समाजको विकास क्रम तथा सभ्यतालाई बुझाउने हुँदा तिनको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले नेपाली नोट छपाइका लागि विदेशमा लैजानुपर्ने बाध्यता रहेको बताउँदै त्यसका लागि ठूलो धनराशि खर्च हुने गरेकाले सर्वसाधारणलाई नोट जतन गर्न सुझाव दिए ।

मुद्रा सङ्कलक जयहरि झा, कार्यक्रमका संयोजक सागरमान श्रेष्ठलगायतले स्वदेशमा विभिन्न राष्ट्रका नोट प्रदर्शन गरी त्यसबारे जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताए । २०२३ सालदेखि सो संस्थाले प्रत्येक दुई दुई वर्षमा प्रदर्शनी गर्दैआएको छ । मुद्रा झासँग सदर मुलुकीखाना रहँदाका तीन खचाञ्जी र राष्ट्र बैंंक स्थापना भएपछिका १७ गभर्नरका सही भएका नोटहरुको सङ्कलन छ ।

सोसाइटीका अध्यक्ष शङ्कर श्रेष्ठले अन्तर्राष्ट्रिय तहमा समेत हुलाक टिकट प्रदर्शन गरी नेपालका सम्पदा तथा मुद्राका बारेमा जानकारी गराउन प्रदर्शनी उपयोगी हुने विश्वास व्यक्त गरे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस