बझाङका तीनओटा जलविद्युत् आयोजनाको काम शुरू « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बझाङका तीनओटा जलविद्युत् आयोजनाको काम शुरू


२३ असार २०७४, शुक्रबार


बझाङ । बझाङका तीनओटा जलविद्युत् आयोजनाको काम शुरू भएको छ । बझाङमा माथिल्लो कालङ्गागाड (३८ दशमलव ४६ मेगावाट) र कालङ्गागाड (१५ दशमलव ३३ मेगावाट) आयोजनाको निर्माण शुरू भएको हो ।

माथिल्लो कालङ्गागाड र कालङ्गागाड आयोजनामा माछापुच्छ्रे र एनएमबी बैङ्कको अगुवाइमा १२ ओटा बैङ्कले ६ अर्ब ८४ करोड रुपैयाँ ऋण र प्रवर्द्धकबाट २ अर्ब २८ करोड रुपैयाँ लगानी सम्झौता भएको छ । माथिल्लो कालङ्गागाडमा राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क, एनसीसी बैङ्क, सनराइज बैङ्क, जनता बैङ्क, कुमारी बैङ्क र सिभिल बैङ्कले चार अर्ब ७४ करोड लगानी गर्दै छन् ।

यस्तै, कालङ्गागाडका लागि एनएमबीको अगुवाइमा एनआईसी एशया, सिभिल, जनता, देव विकास र ज्योति विकास बैङ्कले २ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

दुवै आयोजना बझाङको साबिकका दहबगर, खिरातडी, सुनकुडा र बाँझ गाविसमा पर्छन् । माथिल्लो कालङ्गागाड ४ वर्ष र कालङ्गागाड ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

Tags :
प्रतिक्रिया दिनुहोस