आगलागीमा एकै परिवारका चारको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आगलागीमा एकै परिवारका चारको मृत्यु


२३ असार २०७४, शुक्रबार


नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी एकै परिवारका चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

पश्चिमी दिल्लीको सिमापुरी क्षेत्रमा रहेको एक भवनमा सो आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बिहान ०३ बजे सो आगलागी सुरु भएको हो । भवनभित्र भीषण लागलागीमा परी चार व्यक्ति मृतक र एक घाइते अवस्थामा फेला परेका प्रहरी स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

आगलागीको कारण स्वासप्रस्वासमा आएको समस्याको कारण ती व्यक्तिको मृत्यु भएको प्रहरीको अनुमान रहेको समाचारमा जनाइएको छ ।

आगो उक्त भवनभरि नै फैलिएकोले आगलागी नियन्त्रणको लागि अग्नी नियन्त्रकलाई तत्काल परिचालन गरिएको प्रहरीले जनाएको छ ।

विद्युतीय लाइनमा आएको खराबीको कारण सो आगलागी भएको प्रहरीले थप जानकारी दिएको पनि समाचारमा उल्लेख गरिएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस