व्यवस्थापिका–संसद्मा दुई विधेयक प्रस्तुत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

व्यवस्थापिका–संसद्मा दुई विधेयक प्रस्तुत


२३ असार २०७४, शुक्रबार


काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा “अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४” र “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४” प्रस्तुत भएका छन् ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनसमक्ष ती विधेयक प्रस्तुत गर्दै सङ्घ, प्रदेश र केन्द्रका बीचमा वित्तीय व्यवस्थापन गर्न विधेयक आएको जानकारी दिए ।

यसअघि बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरद्वारा संयुक्तरुपमा प्रस्तुत ती विधेयकमाथिको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस