नवनिर्वाचित प्रमुखसँग मिलेर वाचा पुरा गर्नेछुः नेता ओझा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नवनिर्वाचित प्रमुखसँग मिलेर वाचा पुरा गर्नेछुः नेता ओझा


२१ असार २०७४, बुधबार


कञ्चनपुर । नेपाली कांग्रेसबाट कृष्णपुर नगरपालिकाको मेयर पदका उम्मेदवार हेमराज ओझाले कृष्णपुरबासीसँग आफूले गरेका वाचाहरु नवनिर्वाचित मेयरसँग मिलेर पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कृष्णपुर नगरपालिकाको मेयर पदमा नेकपा एमालेसँग पारजित भएका ओझाले नवनिर्वाचित प्रतिनिधिहरुलार्इ बधार्इ दिँदै भने, ‘चुनावी दौडमा रहँदा कृष्णपुरवासीसँग गरेका वाचाप्रति म सँधै कटिबद्ध रहनेछु ।’ ओझाले आफूले आमजनतासँग गरेका वाचा जायज रहेको हुँदा नवनिर्वाचित प्रमुखसँग सहकार्य गरेर पूरा गराउने बाटोमा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरेका हुन् ।

लोकतन्त्रमा निर्वाचन र निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया भएको बताउदै ओझाले लोकतान्त्रिक अभ्यासको त्यो सुन्दर पक्षलाई आफुले स्विकारेको बताए ।

उनले चुनावी प्रकिया सुरु भएदेखि सम्पन्न हुन्जेलसम्म सहयोग गर्ने सम्पूण मतदाता तथा शुभचिन्तकहरुलार्इ धन्यवाद दिएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस