खजुरा गाउँपालिकामा एमाले विजयी « प्रशासन
Logo १२ चैत्र २०७९, आइतबार
   

खजुरा गाउँपालिकामा एमाले विजयी


२१ असार २०७४, बुधबार


खजुरा, (बाँके) । बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमाले विजयी भएका छन् ।

अध्यक्षमा किस्मतकुमार कक्षपतिले आठ हजार ७० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का डम्बर बिक तूफानले ६ हजार ८९२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपप्रमुखमा एमालेकै एकमाया विकले आठ हजार २१४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँ निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका फिरोज बानो खाँले ६ हजार ४३३ मत प्राप्त गर्नुभयो ।

आठ वडा रहेको सो गाउँपालिकामा एमालेले १, २ ४, ६ र ७ मा विजयी भएका छन् भने काँग्रेसले वडा नं ५ र ८ मा तथा माओवादी केन्द्रले वडा नं. ३ मा विजयी भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस