बाह्रदशी गाउँपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाह्रदशी गाउँपालिकामा काँग्रेस विजयी


२१ असार २०७४, बुधबार


सुरुङ्गा, (झापा) । बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन् ।

अध्यक्षमा खड्गप्रसाद राजवंशीले पाँच हजार ५३९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का लक्ष्मण पाठकले पाँच हजार १११ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपाध्यक्षमा रत्ना राजवंशीले पाँच हजार ४५३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँकी निकटतम् प्रतिद्वन्द्वी एमालेकै गौरादेवी धमलाले पाँच हजार २५६ मत प्राप्त गर्नुभयो ।

यसैगरी वडा नं. १, २, ३, ५ र ६ मा एमालेका क्रमशः शम्भुसिंह राजवंशी, यादव मिश्र, वीरेन्द्र राजवंशी, भूपेन्द्र कटुवाल र रत्नप्रकाश योङ्हाङ विजयी हुनुभएको छ भने वडा नं. ४ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका समिम मिया र वडा नं. ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका मित्र भट्टराई विजयी हुनुभएको निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिनुभयो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस