कोसी गाउँपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कोसी गाउँपालिकामा काँग्रेस विजयी


२१ असार २०७४, बुधबार


इनरुवा । सुनसरीको कोसी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएका छन् ।

अध्यक्षमा अयुव अन्सारीले चार हजार ७४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका अजय कुसियैतले दुई हजार ७२३ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, उपाध्यक्षमा काँग्रेसकै अनितादेवी यादवले दुई हजार ७३२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

कुल आठवटा वडा रहेको यो गाउँपालिकाको वडाध्यक्षमा क्रमशः वडा नं. १ मा स्वतन्त्र, २ र ३ मा काँग्रेस, ४ र ५ मा लोकतान्त्रिक फोरम नेपाल, ६ मा नेकपा एमाले तथा ७ र ८ मा सङ्घीय समाजवादी फोरम नेपाल विजयी भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस