पुनर्वास नगरपालिकामा पुनः मतगणना हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुनर्वास नगरपालिकामा पुनः मतगणना हुने


१९ असार २०७४, सोमबार


कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पुनः मतगणना हुने भएको छ ।

नगरपालिकाको वडा नं. १ मा पुनः मतगणना गर्ने र वडा नं. ५ मा पुनः मतगणना गर्न आवश्यक भएको खण्डमा मात्रै निर्वाचन अधिकृतले मतगणना गर्नसक्ने निर्वाचन आयोगले निर्देशन दिएको छ ।

बाँकी वडा नं. २, ३, ४ र ६ को हकमा निर्वाचन निर्देशिकाको दफा १३९ अनुसार गर्न गराउन आयोगबाट निर्देशन भएको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत प्रकाश ढुङ्गानाले बताए । पुनः मतगणनाका लागि सर्वदलीय बैठक बोलाएका छौँ, उनले भने, “मतगणना छिट्टै सुरु हुन्छ ।

मतगणनास्थलमा अहिले सुरक्षाका लागि चारवटा सिसिटिभी क्यामेरा जडान गरिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले शनिबार सार्वजनिक गरेको मतपरिणाममा वडा नं. १ का कुल मतदाता तीन हजार ५६९ मध्ये कुल खसेको मत सङ्ख्या दुई हजार ६७९ र कुल गणना भएको मत दुई हजार ६८८ तथा बदर भएको मत १०४ देखिएपछि विवाद भएको थियो ।

कुल खसेको मतभन्दा ११३ मत बढी देखिएपछि विवाद चरम उत्कर्षमा पुगी आक्रोसित राजनीतिक दलका कार्यकर्ताहरूले ढुङ्गामुढा प्रहार गर्दा मतगणनाको कार्य स्थगित भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस