कैलालीको जानकी गाउँपालिकामा लोकतान्त्रिक फोरम विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कैलालीको जानकी गाउँपालिकामा लोकतान्त्रिक फोरम विजयी


१९ असार २०७४, सोमबार


धनगढी । कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका प्रदीपकुमार चौधरी पाँच हजार ५७ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गङ्गादेवी चौधरीले चार हजार २२१ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा पनि लोकतान्त्रिक फोरमकै उमा महतो पाँच हजार ९७ मत प्राप्त गरी विजयी भएकी निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले बताए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्य बटालाले चार हजार ३० मत प्राप्त गरेका छन् ।

कैलालीका १३ स्थानीय तहमध्ये पाँचवटाको अन्तिम चुनावी नतिजा आइसकेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस