कैलालीको गौरीगङ्गा नगरपालिकामा एमाले विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कैलालीको गौरीगङ्गा नगरपालिकामा एमाले विजयी


१९ असार २०७४, सोमबार


धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।

प्रमुखका प्रत्यासी भीमबहादुर देउवा पाँच हजार ८९१ प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका देवीदत्त कँडेलले पाँच हजार ८३० मत प्राप्त गरेका निर्वाचन अधिकृत मोहनराज जोशीले बताए ।

यसैगरी, उपप्रमुखमा एमालेकी अञ्चला चौधरी छ हजार १४३ मत ल्याई विजयी भइन् । उनकी निकटतम माओवादी केन्द्रकी करुणा चौधरीले पाँच हजार ३७३ मत प्राप्त गरिन् । वडा अध्यक्षमा नगरपालिकाको वडा नं. १, २, ३, ५,७, र १० मा एमाले, वडा नं. ६ मा कांग्रेस र वडा नं. ४, ८, ९, ११ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस