एकतीस वर्षदेखि लगातार जनप्रतिनिधि « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एकतीस वर्षदेखि लगातार जनप्रतिनिधि


१९ असार २०७४, सोमबार


मोरङ । नेकपा एमालेका लक्ष्मीनारायण धिमाल मोरङको उर्लाबारीमा लगाताररुपमा ३१ वर्षयता जनप्रतिनिधिका रुपमा निर्वाचित भएका छन् ।

अहिलेको स्थानीय तहको निर्वाचनमा उर्लाबारी–४ को वडाध्यक्षमा धिमाल निर्वाचित भएका छन् । धिमाल २०४३ देखि भएका स्थानीय निर्वाचनमा लगातार निर्वाचित हुँदै आएका छन् ।

वि.सं. २०४३ मा तत्कालीन गाउँ पञ्चायतको जनपक्षीय सदस्यमा निर्वाचित भएका धिमाल बहुदल आएपश्चात् लगातार वडाध्यक्षमा निर्वाचित हुँदै आएका छन् । वि.सं. २०४९ र २०५४ मा तत्कालीन उर्लाबारी गाविस वडा नं. १ को वडाध्यक्ष र यसपटक उर्लाबारी नगरपालिका वडा नं. ४ को अध्यक्षमा उनी निर्वाचित भएका हुन् ।

वडावासीबीच सरल र स्वच्छ छवि बनाएका धिमाल नगरमा आदिवासी धिमाल समुदायबीच लोकप्रिय मानिन्छन् । एमालेको नीतिबाट प्रभावित भएर पञ्चायतकालदेखि नै तत्कालीन नेकपा (माले)मार्फत वामपन्थी राजनीतिमा लागेका धिमाल एमाले गाउँ कमिटी सदस्य, क्षेत्रीय सदस्य र मोरङ जिल्ला सदस्यसमेत भइसकेका छन् ।

उनी निर्वाचित भएको वडामा बक्राहा, नुनसरी र तेली खोलाले दिने दुःख एवम् सुकुम्बासी समस्या, विद्युतीकरण, शिक्षा, स्वास्थ्य, सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने काममा जोड दिँदै नमुना वडा बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने उनले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस