इलामको रोङ गाउँपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

इलामको रोङ गाउँपालिकामा काँग्रेस विजयी


१८ असार २०७४, आइतबार


इलाम । रोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन् ।

अध्यक्षमा शमशेर राई तीन हजार ९८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका बृहस्पति खतिवडाले तीन हजार ६७२ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा चन्द्रकला राई चार हजार १०२ मत प्राप्त गरी विजयी भइन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकै विष्णुमाया भुजेलले तीन हजार ६६७ मत प्राप्त गरिन् ।

रोङ गाउँपालिकाको वडा नं. २, ३ ४ र ६ मा काँग्रेस तथा १ र ५ मा एमाले विजयी भएको छ । रासस

प्रतिक्रिया दिनुहोस