एथलेटिक्स टोलीको बिदाइ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एथलेटिक्स टोलीको बिदाइ


१८ असार २०७४, आइतबार


काठमाडौं । भारतको उडिसास्थित भुवनेश्वरमा हुने २२ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई आइतबार बिदाइ गरियो । पाँच खेलाडीसहित ७ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा बिदाइ गरे ।

जुलाई ७ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष र ३ महिला गरी ५ खेलाडीले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषको ५ हजार र १० हजार मिटर दौडमा गोपीचन्द्र पार्की तथा ४ सय र ८ समय मिटर दौडमा सोमबहादुर कुमालले प्रतिस्पर्धा गर्नेछन् । महिलामा ओलम्पियन सरस्वती भट्टराईले ८ सय र १ हजार ५ सय मिटर दौड, केशरी चौधरीले लङजम्प र ट्रिपलजम्प तथा चन्द्रकला लाम्गादेले ज्याभ्लिन र सटपुटमा भाग लिनेछन् ।

टिम व्यवस्थापकमा नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट तथा प्रशिक्षकमा विमला राना मगर छन् । प्रतियोगितामा विभिन्न ४५ राष्ट्रका ८ सय खेलाडीको सहभागिता रहने सचिव विष्टले जानकारी गराए । टोली मंगलबार जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस