लुम्बिनीको कञ्चन गाउँपालिकामा एमाले विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लुम्बिनीको कञ्चन गाउँपालिकामा एमाले विजयी


१८ असार २०७४, आइतबार


लुम्बिनी । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको रुपन्देहीमा अन्तिम मत परिणाम आउने क्रम सुरु भएको छ ।

रुपन्देहीका १६ स्थानीय निकायमध्ये कञ्चन गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । कञ्चन गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष तथा उपाध्यक्ष दुवैमा जितेको छ ।

पाँच वटा वडा रहेको गाउँपालिकामा एमालेका गोकर्णबहादुर क्षेत्री छ हजार ७७७ मत ल्याएर विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकी गोमा पराजुली छ हजार ९२४ मत ल्याएर विजयी भएकी निर्वाचन अधिकृत पार्वती शर्माले जानकारी दिइन् ।

उनीहरु काँग्रेसका डोलबहादुर थापा र तीर्थीकुमारी थरुनीलाई पछाडि पार्दै विजयी भएका हुन् । थापाले पाँच हजार ९६७ र थरुनीले पाँच हजार ५२९ मत ल्याएका थिए ।

एक्काइस हजार ५४३ मतदाता रहेको गाउँपालिकामा १६ हजार ७४ मत खसेको निर्वाचन अधिकृत पार्वती शर्माले जानकारी दिइन् । गाउँपालिकामा बदर मत भने निकै न्यून रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस