यमनमा हैजाबाट मृत्यु हुनेको सङ्ख्या पन्ध्र सय पुग्योः डब्लुएचओ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यमनमा हैजाबाट मृत्यु हुनेको सङ्ख्या पन्ध्र सय पुग्योः डब्लुएचओ


१८ असार २०७४, आइतबार


यमन । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ यमनमा फैलिएको हैजाबाट गत अप्रिलयता मृत्यु हुने सर्वसाधारणको सङ्ख्या एक हजार ५०० पुगेको बताएकोे छ ।

डब्लुएचओले हैजाका कारण यमनभर करिब दुई लाख ४६ हजार यमनी जनता बिरामी परेका जनाएको छ ।

यमनस्थित डब्लुएचओ प्रतिनिधि डा. नेभिओ जागरियाले सानामा शनिबार एक पत्रकार सम्मेलन गरी भने, यमनमा हैजाका शङ्कास्पद बिरामीको सङ्ख्या दोस्रोपटक फैलिएको प्रकोपको सुरुवाती दिनको तुलनामा अहिले दैनिक दश गुनाले बढेको बताए ।

दुई हप्ता पहिले डब्लुएचओले सार्वजनिक गरेको प्रतिवेदनमा उक्त प्रकोपका कारण एक हजार ३०० जनाको मृत्यु भएको र करिब दुई लाख शङ्कास्पद बिरामी देखापरेको बताइएको थियो ।

साउदी अरब नेतृत्वको दुई वर्ष लामो यमनी हुथी समूहविरुद्धको अभियानमा व्यापक भौतिक संरचनाको क्षति भएको र औषधिलगायतका आधारभूत सामग्रीको अभाव भएको कारण बिरामीको समयमा उपचार हुन सकेको छैन । रासस÷एपी

Tags :
प्रतिक्रिया दिनुहोस