उपप्रधानमन्त्री महरा भारत प्रस्थान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपप्रधानमन्त्री महरा भारत प्रस्थान


१८ असार २०७४, आइतबार


काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजको निमन्त्रणामा भारतको तीन दिवसीय भ्रमणमा आइतबार बिहान त्यसतर्फ प्रस्थान गरे ।

भ्रमणका क्रममा उनले बाह्य मामिलामन्त्री स्वराजसँग पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँदिल्लीमा रहँदा उपप्रधानमन्त्री महराले नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतसँग सामूहिक भेट गरी राष्ट्रसङ्घीय मानवअधिकार परिषद् सदस्यमा नेपालको उम्मेदवारीबारे जानकारी गराउनाका साथै नेपाललाई समर्थन गर्न उनीहरूसँग अनुरोध गर्नेछन् ।

मन्त्री महरा नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख भरतराज पौड्याल, भारत महाशाखा प्रमुख भृगु ढुङ्गानालगायत छन् । उपप्रधानमन्त्री महरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीलगायतले बिदाइ गरे । उपप्रधानमन्त्री महरा आगामी मङ्गलबार स्वदेश फर्कने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस