बाँकेको राप्ती सोनारी गाउँपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाँकेको राप्ती सोनारी गाउँपालिकामा काँग्रेस विजयी


१८ असार २०७४, आइतबार


बाँके । जिल्लाको विकट क्षेत्र राप्ती सोनारी गाउँपालिकामा नेपाली काँग्रेसले जितेको छ । नेकाका उम्मेदवार लाहुराम थारू आठ हजार २३६ मत प्राप्त गरी गाउँपालिकाको प्रमुख पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तुलसी थारूले ६ हजार ९०० मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा पनि नेपाली काँग्रेसले नै जित हात पारेको छ । काँग्रेसकी धनीकुमारी खत्रीले आठ हजार २०३ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनकी प्रतिद्वन्द्वी एमालेकै चमेली बाकवेलीले ६ हजार ९२४ मत प्राप्त गरेकी छिन् ।

नौवटा वडा रहेको राप्ती सोनारीमा पाँचवटा वडामा नेपाली काँग्रेसले जितेको छ । काँग्रेसले वडा नं. १, ३ ,४, ८ र ९ मा वडाध्यक्षसहित पूरै प्यानल जितेको छ । नेकपा माओवादी केन्द्रले तीनवटा वडा नं. ५, ६ र ७ मा जितेको छ । नेकपा एमालेले २ नं. वडा जितेको राप्ती सोनारी गाउँपालिकाका निर्वाचन अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस