बाजुरा । बूढीगङ्गा नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका दीपकविक्रम शाह तीन हजार ८४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर बानियाँले तीन हजार ५६० मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेपाली काँग्रेसकी तारा खाती थापाले तीन हजार ७६० मत प्राप्त गरी विजयी भएकी छिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मायाँकुुमारी खड्का थापाले तीन हजार ५२८ मत प्राप्त गरेको निर्वाचन अधिकृत चेतराज पन्तले जानकारी दिए । रासस